प्राइम लाइफका सिइओ यसरी पुगे प्रहरी खोरमा


२४ पुस, काठमाण्डौ । ‘बित्तिय अपराध’का कारण आजकल बैंक तथा बित्तिय संस्थाका उच्च अधिकारीका कठालोमा धमाधम प्रहरीको हात पुगिरहेको छ ।

यसै मेलोमा एक इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भने सार्वजनिक ठाउँमा अशिष्ट ब्यबहार गर्दा सात दिनका लागि पुलिसको खोरमा पुगेका छन खेतान समूहले प्रर्बद्धन गरेको एभरेष्ट इन्सुरेन्सका उच्च अधिकारीले प्रहरी हिरासतमा पुगिरहेको अध्यक्ष राजेन्द्र खेतान फरार रहेको अबस्थामा सोही समूहको प्रर्बद्धनमा संचालित प्राइम लाइफ इन्सुरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत रेष्टा झा प्रहरी हिरासतमा पुगेका छन् ।

बिमा संस्थानले प्राइमको डीडीए गरिरहेका बेला सिइओ झा भने सार्वजनिक अपराधअन्र्तगत प्रहरी खोरमा पुगेका छन् ।

घटना सोमबार साँझको हो । साँझ करिव साढे ५ बजे गौशाला चोकमा पशुपतितिरबाट बत्तिदै आएको एक गाडीले ट्राफिक निमयलाईसमेत बेवास्ता गर्दै अघि बढ्यो । प्रहरीले दौडिदै गएर गाडी रोकेर लाइसेन्स मागे ।

तर, गाडीभित्रका यी हाइ प्रोफाइलले लाइसेन्स दिनुको साटो अशिष्ट गाली गर्न थाले । ट्राफिकको काम लाइसेन्स चेक गर्नु हो हजुर भन्दै प्रहरीले नम्र भाषा प्रयोग गरेपनि यी हाइप्रोफाइल झन अशिष्ट बन्दै गए । डियुटीमा रहेका जवानको कठालो समातेर हातपात गर्न थालेपछि गौशाला चोकमा भिड जम्मा भयो ।

त्यसरी हातपात गर्ने ब्यक्ति थिए रेष्टा झा । मन्दिर दर्शन गरेर आएको बताउने झाले नत मापसे गरेका थिए नत उनको मानसिक अबस्था नै खल्बलिएको थियो ।

केहीबेरको गलफत्तिपछि उनलाई गौशाला प्रभागमा लगियो । रातभर त्यहीँ थुनिएका झाले अबेर राती प्रहरीसँग माफी मागेका थिए ।

तर, ड्युटीमा रहेका बर्दिधारीलाई हातपात गरेका कारण प्रहरीले माफीमा मात्र चित्त बुझाउने अबस्थामा थिएन् ।

प्रहरीले मंगलबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौ लगि सार्वजनिक मुद्दा दायर गरेको छ । जिल्ला प्रशासनले झालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.