स्टाइल रणवीरको


काठमाडौ, माघ १४ - अचेल नायिकाको शरीरमा कम लुगा हुनु नौलो भएन । ग्ल्यामरको नाममा फिल्मकर्मी पनि नायिकालाई त्यसो गर्न बाध्य पारिरहेका हुन्छन् । तर कहिलेकाहीं नायक पनि कपडा फुकाल्न बाध्य हुन्छन् । पछिल्लो समय एकाएक चल्तीमा आएका नायक रणवीर सिंह त झन् सर्टलेस पोज दिन पछि हट्ने कुरै भएन । 'राम-लीला' मा उनको टपलेस शरीरले तारिफ कमाएपछि निर्देशक अली अब्बास जाफरले पनि 'गुन्डे' मा रणवीरलाई कामुक छविमा देखाउन चाहे । तर जब रणवीरले सर्ट फुकाल्थे तब कुनै न कुनै भवितव्य आइलाग्थ्यो । कुरो, 'राम-लीला' कै । जब सुटिङका लागि रणवीर दुर्गापुर गाउँमा थिए, निर्देशक सञ्जयलीला भन्सालीले पहिलोपटक रणवीरलाई नांगो छातीमा कैद गर्न चाहे । भन्साली आफ्नो कर्ममा त सफल भए, तर बिचरा रणवीर लामखुट्टेले टोकेपछि डेंगुको सिकार भए । त्यसैले रणवीरकी आमा 'गुन्डे' का लागि बढी सतर्क थिइन् । उनले निर्देशक अब्बासलाई छोरालाई नांगै नखेलाउन अनुरोध गरिन् । तर सुगठित शरीरका रणवीरलाई निर्देशकले त्यसै छोड्ने कुरै भएन । जब एक गीतको सुटिङमा सर्ट फुकाल्न लगाए, तब नाच्दै गर्दा रणवीरको साइड डान्सरसँग टाउको ठोकियो ।
चोट ११ टाँका मार्नुपर्ने गरी गालामा लाग्यो । दाग अब जिन्दगीभर रहने छ । रणवीरको अर्को दुर्भाग्य फेरि सर्ट खोलेपछि नै निम्त्यो । अर्को दृश्यमा उनी नांगो छाती हिलोमा हिँड्दा सिसाले खुट्टा काट्यो र फेरि नौ टाँका लगाएर केही समय आरामै गर्नुपर्‍यो । 'गुन्डे' कै अर्को दृश्यमा हिलोमा रेस्लिङ खेल्दा उनलाई एलर्जी नै भयो ।
कतिपय नायकका लागि छाती देखाउनु रहर भइरहेका बेला रणवीरका लागि भने तमाम घटनाले गर्दा अब डरमर्दो बनेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.