बक्स अफिस : ‘बितेका पल’ कमाई एक सातामा ५५ लाख


देशभरका करिब ४५ हलमा प्रदर्शनरत चलचित्र ‘बितेका पल’को एक साता कलेक्शन सार्वजनिक भएको छ । चलचित्रले एक सातामा करिब ५५ लाख ग्रस कलेक्शन गरेको छ ।

यो ७० हलमा चलेको अर्को प्रतिस्पर्धी चलचित्र ‘छ एकान छ’ ले ४ दिनमा कमाएको कलेक्शन भन्दा १० लाख कम हो । काठमाण्डौबाट २० लाख कमाएको यो सिनेमाले मोफसलका हलबाट ३५ लाखको ग्रस कलेक्शन गरेको छ ।

शनिबार र वुधबारको कलेक्शनले सिनेमाको व्यापार केही उकासिएको हो । चलचित्रको कमाई पूर्वका हलमा आक्रामक छ । काठमाण्डौका करिब ९ वटा हलमा चलेको यो सिनेमाले मोफसलमा दोश्रो सातामा पनि राम्रो व्यापार गर्ने आशा गरिएको छ । पहिलो सातामा निर्माताको हातमा करिब २५ लाख पर्ने देखिएको छ । ५० लाख भन्दा माथिको बजेटमा तयार भएको यो सिनेमाको लगानी  उठाउन दोश्रो साताको कलेक्शनले राम्रै मद्दत गर्नेछ । सिनेमाको लगानी सेफ गराउने अर्को स्थान दार्जलिङ पनि हो ।

‘बितेका पल’का जस्ता दर्शक अरु कहाँ ?
यो कुनै हिन्दी सिनेमा हेरेर फर्किएका दर्शकको भिड हैन । देशभरका करिब ३५ वटा हलमा लागिरहेको चलचित्र ‘बितेका पल‘ हेर्न दमकको दमक चित्र मन्दिरमा पुगेका दर्शकको हो ।

झापाकै स्थानिय बासिन्दा राजेश घतानीले निर्माण गरेको यो चलचित्रले बुधबार बिदाको दिन आक्रामक व्यापार गर्‍यो । सिनेमा हेर्नका लागि दर्शकहरुको चाप हलमा थामिनसक्नु थियो । वुधबार चलचित्रका नायक बाबु बोगटी, नव कलाकार अभिनाष गुरुङ र नायिका केकी अधिकारी, निर्माता राजेश घतानी दमक चित्र मन्दिरमा उपस्थित हुँदा सयौ दर्शकले टिकट नै नपाई घर फर्किनु पर्‍यो ।

चलचित्र हेर्न झापाको दमक, लखनपुर, तोपगाछी, गौरादहका साथै मोरङको उर्लाबारी, राजघाट, इटहरा, सिजुवा, मधुमल्ला लगायतका क्षेत्रबाट सयौ दर्शक दमक चित्र मन्दिर पुगेका थिए । चलचित्र हेर्न बिर्तामोडको अन्नपूर्ण टाकिज र धरानको गणेश टाकिजमा पनि दर्शकको उस्तै भिड रहेको पत्रकार सुमन घिमिरेले जनाएका छन् ।

चलचित्र हेर्न दर्शकको भिड उर्लिएपछि भन्न थालिएको छ, ‘बितेका पल‘का जस्तो दर्शक अरु कहाँ ? सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो सिनेमाले देशभरकै हलमा उत्कृष्ट व्यापार गरिरहेको छ । चलचित्रमा अमेरिकामा बस्दै आएका क्रिस रिजालको पनि लगानी छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.