आँखा झिम्क्याउँदै जिब्रो पड्काए प्रहरीको खोरमा


१६ माघ, काठमाडौं । सडक एक्लै युवती वा महिला देखी आँखा झिम्क्याउने वा जिब्रो देखाउने गर्नुभएको छ ? यो गलत बानी त्यागिहाल्नुहोस् । अब यस्तो क्रियाकलाप गर्नेले उन्मुक्ति पाउने छैनन् । प्रहरीले पक्राउ गरी कारवाही चलाउन सक्छ । प्रहरीले सडकमा हुने महिला हिंसालाई रोक्न कडा नीति अवलम्बन गरेको छ । प्रहरीले महिला हिंसाविरुद्ध काम गर्दै आएको अस्तित्व फाउण्डेसनसँग मिलेर त्यस्ता हिंसा रोक्ने अभियान सुरु गरेको हो ।

प्रहरी प्रधान कार्यालयले महिलाहरुलाई एउटा सम्पर्क नम्बर दिएको छ । कसैमाथि हिंसा, दुव्र्यवहार भए ९८०३३३९४४९ नम्बरमा फोन वा एसएमएस गरेर पीडकबारे उजुरी दिन सकिन्छ । त्यस्तो दुव्र्यवहारमा संलग्नलाई पक्राउ गर्न प्रहरीको एउटा टोली सधैं तैनाथ हुन्छ । यस्तै ल्याण्डलाईन नम्बरमा समेत यस्ता हिंसाबाट पीडित महिलाले फोन गर्न सक्छन् ।

देख्दा र सुन्दा सामान्य लाग्ने यस्ता घटनाको शिकार महिलाहरु दिनहुँ हुने गरेका छन् । पैदल हिडेका महिलालाई हुलमा बसेर जिस्क्याउने, पिछा गर्ने, नजानिदो पाराले संवेदनशील अंगमा छुनेजस्ता क्रियाकलाप बढिरहेका छन् । पढेलेखेकै देखिने ब्यक्तिहरुले समेत यस्ता हर्कत गरेको पाइन्छ । खराब मानसिकता र कुण्ठित सोच भएका ब्यक्तिले यस्ता गतिवीधी गर्ने प्रहरी बताउँछ ।

अझ सार्वजानिक सवारी साधन प्रयोग गर्ने युवतीहरु यसबाट बढी पीडित हुने गरेको पाइएको छ । त्यसैका लागि एक बर्षअघि देखी सरकारले सार्वजानिक सवारी साधनमा महिलाका लागि आरक्षित सिट छुट्याएको छ । त्यसलाई कार्यान्वयन गर्न त्यो ताका ट्राफिक प्रहरीले जाँचसमेत गर्ने गरेका थिए । महिलाको सिटमा पुरुष बसेको भेटाए उठाएर महिलालाई राख्ने र सवारी चालक र सहचालकलाई चेतावनी दिने गरेका थिए ।

‘देख्दा सामान्य लागे पनि यसको मानसिक असर त्यो भोग्ने महिलालाई धेरै लामो समय पर्छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरे भन्छन् ‘त्यस्ता मनोबृती भएका ब्यक्तिलाई पक्राउ गरेर दुरुत्साहित गर्ने प्रयास हो ।’ उनका अनुसार सार्वजानिक सवारी साधन प्रयोग गर्ने र सडकमा पैदल चल्ने ब्यक्तिले त्यस्तो दुब्र्यवहार गरे भने तुरुन्तै एसएमएस वा फोन गरेर जानकारी गराउन सकिन्छ । ‘फलानो रुटको सवारी साधन वा स्थानमा यस्तो भयो भनेपछि प्रहरीले तुरुन्तै एक्सन लिन्छ’ उनले भने ‘त्यस्तोमा महिलाको गोपनियता समेत राखिनेछ ।’

काठमाडौं परिसरमा यो फोन उठाउनका लागि डिएसपीलाई परिचालन गरिएको छ । डिएसपी भीम ढकालको साथमा उक्त मोबाइल नम्बर र ल्याण्डलाईन फोन राखिएको छ । यस्ता हर्कत गर्नेलाई कारबाही गर्न कानुन बनिसकेको छ । अस्तित्व फाउण्डेसनकी सचिब उमा थापाले सडक दुब्र्यवहारबाट नै हिंसाको मनोबृती बोकेका ब्यक्तिले महिला माथी हिंसा हुने गरेकाले अभियान सुरु गरेको बताईन्. । उनका अनुसार किशोरावस्था र ३५ भन्दा माथिल्लो उमेरका ब्यक्तिले सडकमा हिड्ने महिला माथी हिंसा गर्ने गरेका छन् । उनीहरुले अनलाईन र सडकमा हिड्ने युवतीहरुलाई भेटेर ब्यक्तिपिच्छे समेत अध्ययन गर्दै आएको कान्तिपुर दैनिकमा खबर छ ।

उनीहरुले गरेको अध्ययन अनुसार सडकमा हिड्ने २९ प्रतिशत युवतीलाई सडकमा हिड्दा सिटी मारेर जिस्क्याउने गरेको छ । यस्तै हिडीरहेका बेला राम्री देखिएकी, वा लुगा कस्तो राम्रो जस्ता प्रतिक्रिया २५ दशमलब ३ प्रतिशतलाई गर्ने गरेको पाइएको छ । १५ प्रतिशत महिलालाई पिछा गरेर दुब्र्यवहार गर्ने गरेको अध्ययनले बताएको छ । ५ दशमलब ५ प्रतिशत महिलालाई टाढैबाट चुम्बन गरेर जिस्क्याउने गरेको अध्ययनले देखाएको छ । यस्तै ६ दशमलब ४ प्रतिशत महिलाको संवेदनशिल अङगमा छोएर दुब्र्यवहार गरिने गरेको देखिन्छ । फोहोरी शब्द प्रयोग गरेर ३ दशमलब ५ प्रतिशत महिला दुब्र्यवहाको शिकार बनेका छन् । संस्थाले २/२ महिनाको अन्तरालमा यो अध्ययन अनुसन्धान गर्ने गरेको छ । यसले प्रहरीसंगको सहकार्यपछि महिलामा दुब्र्यवहारका बिरुद्ध लड्ने क्षमता बढ्ने जनाइएको छ । यसलाई महिला माथी गरेको यौन दुब्र्यवहारकै रुपमा हेर्ने गरिन्छ । मुलुकी ऐनले करणीको आसय दिदै यौन दुब्र्यवहारका रुपमा यसलाई राखेको छ ।

यस्ता हर्कत गर्ने कसुरदारलाइ एक बर्षसम्म कैद र दश हजार रुपैंयासम्म जरिवानाको ब्यवस्था गरेको छ । पिडीत महिलाले क्षतिपुर्ति मागेको अवश्थामा समेत कसुरदारबाट उपलब्ध गराउन सक्नेछ । यस्तै सार्वजानिक स्थानमा महिलालाई लक्षित गरेर अश्लिल शब्द बोले वा ईशारा गरे उनीहरु माथी सार्वजानिक अपराध ऐन २०२७ अन्तर्गत मुद्धा चल्छ । जिल्ला प्रशासन कार्यालयले ३५ दिन थुनामा राख्ने र दश हजार रुपैंयासम्म जरिवाना गर्न सक्ने ब्यवस्था छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.