विद्यालाई पद्मश्री


काठमाडौ, माघ  - आठ वर्षअघि मात्रै 'परिणीता' मार्फत बलिउडमा छिर्दा ठूलो शरीर र चाक्लो अनुहारकी विद्या बालनको शक्तिलाई कमैले आँकेका थिए । २८ वर्षको घर्कंदो उमेरमा पनि सैफ अली खानसँगको उनको पहिलो फिल्मले बाजी मार्‍यो । विद्याले उक्त फिल्मबाट डेब्यु बेस्ट फिमेलमा फिल्म फेयर अवार्ड पाइन् । बेस्ट एक्टे्रसका लागि भने उनले चार वर्ष कुर्नुपर्‍यो, फिल्म 'पा' सम्म । लगत्तैको 'इस्कियाँ' मार्फत फिल्म फेयरकै बेस्ट एक्ट्रेसको क्रिटिक्स अवार्ड पनि हात पारिन् ।
'नो वन किल्ड जेसिका' बाट क्रिटिक्सलाई झनै विश्वस्त पारेकी विद्याको पोल्टामा 'द डर्टी पिक्चर्स्' हुँदै 'कहानी' सम्म आइपुग्दा बेस्ट एक्ट्रेसका पाँच अवार्ड परिसकेका थिए, राष्ट्रिय अवार्डसहित ।
स्त्रिmन अवार्डस् पनि त्यति नै संख्यामा जितेकी यी अभिनेत्रीलाई यतिबेला फेरि अर्को सफलता मिलेको छ । उनले पद्मश्री सम्मान पाएकी छन् । गणतन्त्र दिवस अवसरमा आइतबार भारत सरकारले विद्यालाई अभिनेत्रीको उक्त अवार्ड प्रदान गरेको हो ।
'म त काँपिरहेकी छु, खुसीले पागलजस्तै भएकी पनि छु,' विद्याले भनिन्, 'म सम्मानित भएकी छु । यति बेला मैले अनुभव र आभार व्यक्त गर्नका लागि शब्दहरू नै पाइरहेकी छैन,' विद्याले भनिन् । उनले उक्त अवार्डलाई परिवारमा समर्पित गर्न चाहेको पनि खुलाइन् । पद्मश्री सम्मान पाउनेमा विद्याबाहेक अभिनेता परेश रावल पनि छन् । अर्का अभिनेता कमल हसनले भने पद्म विभूषण प्राप्त गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.