सवा दुई अर्ब डलरमा किन्यो गुगलले नेष्ट ल्याब


गुगलले ताप नियन्त्रक बनाउने कम्पनी नेस्ट ल्याब किनेको छ । एप्पलका दुई पूर्व कर्मचारीहरुले अमेरिकाको क्यालिफोर्नियामा स्थापना गरेको नेस्ट ल्याब २.३ अर्ब डलरमा किनेको गुगलले घोषणा गरेको हो ।
केही महिनामा यो नगद कारोबारको सम्झौता पूरा हुने उसको विश्वास छ । नेस्ट ल्याबले यस्तो ताप नियन्त्रक बनाउँछ, जसले उपयोगकर्ताको व्यवहारबाट बुझेर काम गर्छ ।

चमपमान, आद्रता, गतिविधि र प्रकाश सेन्सरको प्रयोग गरेर कुनै घरमा मानिस छ कि छैन भनेर समेत पत्ता लगाउँछ । सम्झौतापछि पनि कम्पनीको मूख्य कार्यकारी टोनी फ्याडेद नै रहने र कम्पनीको आफैं पहिचान रहने गुगलले बताएको छ ।

गुगलका कार्यकारी ल्यारी पेजले भनेका छन्-नेस्टका संस्थापक टोनी र म्याट रोजर्सले एक जबर्जस्त टिम बनाका छन् । जसलाई गुगल परिवार स्वागत गर्न उत्सुक छ ।’

२००७ मा एप्पल छाड्दा उनी कम्पनीको संगीत विभाग प्रमुख थिए । टोनीलाई आइप्याडका जनकका रुपमा समेत चिनिन्छ । उनले एप्पलको सुरुवाति म्युजिक प्लेयरको १८ संस्करणसम्म काम गरेका थिए । उनी मूल आइफोनको आर्डवेयर डिजाइनको काममा समेत संलग्न थिए ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.