नेपाल ४ रनले पराजित


अष्ट्रेलिया, पुस २६ - एक दिवसीय क्रिकेट छनौट तयारीका लागि आजदेखि सुरु भएको अभ्यास खेलमा नामिबियाले नेपाललाई ४ रनले पराजित गरेकोे छ । बिनोद भण्डारीको उत्कृष्ट ब्याटिङका वावजुद नेपालले खेल आफ्नो पक्षमा बनाउन सकेन ।

नामिबियाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले पुरै ५० ओभर खेलेर २ सय २७ रन मात्रै बनायो ।

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित वरउड पार्कमा भएको अभ्यास खेलमा नामिबियाले टस जितेर ब्याटिङ्ग रोजेको थियो ।

नामिबियाले ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय ३१ रन बनाएको थियो । सो लक्ष्यलाई भेट्न मैदानमा उत्रिएको नेपाली टोलीका अग्रपंक्तीका ब्याट्सम्यानहरुले उल्लेख्य रन नबनाई आउट भए ।

सुरुवाती व्याट्सम्यानले सम्हाल्न नसकेको रनरेट मध्यक्रमका बिनोद भण्डारी र बसन्त रेग्मीले थामेका थिए । बिनोदले ६० बलमा ३ छक्का र ८ चौकाको मद्दतले ६५ रन र बसन्तले ४ छक्का र २ चौका हान्दै २६ बलमा ३९ रन बनाए ।

अन्तिम विकेटमा रहेका शक्ति गौचन र सोमपाल कामीले ३ ओभरमा १८ रनको साझेदारी गरेका भएपनि जितका लागि पर्याप्त भएन् ।

पहिलो इनिङमा ब्याटिङ्ग गर्दै नामिबियाका तर्फबाट निकोलस स्कोजले सर्वाधिक ७९ रन जोडे । स्टेफन बार्डले ७३ रन बनाएका थिए । यसैगरि क्रिस्टी भिल्जोनले ३७ रन बनाए । यसबाहेक अन्य सबै खेलाडीहरुलाई नेपाली बलरहरुले सस्तैमा समेटेका थिए ।

नेपालको तर्फबाट उत्कृष्ट बलिङ्ग गर्दै सोमपाल कामीले १० ओभरमा मात्र ३६ रन दिएर २ मेडनसहित ४ विकेट लिए । यसैगरी बसन्त रेग्मीले २ विकेट लिएका थिए भने सागर पुन, पृथु बास्कोटा, जितेन्द्र मुखियाले १-१ विकेट बाँडेका थिए ।

लक्ष्य पछ्याउँदै ओपनरका रुपमा मैदानमा उत्रिएका महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले क्रमश १ र १५ रन बनाए । त्यसपछि क्रिजमा आएका कुनैपनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नामिबियाका तर्फबाट जे स्मिटले २ र क्रिष्टी भिलोजेनले ३ विकेट लिए  ।

नेपाली टिमका तर्फबाट सागर पुनले २१ र सरद् भेषवाकरले २० जोडेका थिए भने अनिल मण्डल १९ र  पृथु बाँस्कोटाले १० रनको योगदान दिए । भोली नेपालले केन्यासँग अर्को अभ्यास खेल खेल्नेछ ।

यसैगरी आजै न्युजिल्याण्डमा भएको अन्य अभ्यास खेलहरुमा हङकङले केन्यालाई २ रन र साउदी अरबले युगाडालाई ७३ रनले पराजित गरेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.