पहिलो खेलमा नेपाल निरीह, १०२ रनले पराजित


काठमाडौ, पुस २९ - न्यूजील्याण्डमा सुरु भएको वान डे विश्वकप छनौटको पहिलो खेलमा नेपाल यूएईसँग १०२ रनले पराजित भएको छ ।
टस जितेर पहिले फिल्डिङ राजेको लागि यूएइका व्याट्सम्यान साइमान अन्वारको सेन्चुरी चुनौति बन्यो । अन्वारको सेन्चुरीसँगै नेपाललाई यूएईले २९७ रनको लक्ष्य दिएको थियो । समूह ए को पहिलो खेल खेलमा अन्वारले ९६ बल खेल्दै १०९ रन बनाए ।
सुरुवाती व्याट्सम्यान अनिल मण्डललाई दोस्रो ओभरको पहिलो बलमै गुमाएको नेपालको रनरेट सुरुदेखि नै खस्कियो । १८ औं ओभरको खेल जारी रहँदा नेपालले मात्र ५३ रन बनाएर ५ विकेट गुमाएको थियो ।
नेपालका लागि सरद् भेषवाकरले अर्धशतक (५४) बनाएपनि जितको लागि पर्याप्त भएन् । यूएईका बलरसामू निरीह देखिएका नेपाली खेलाडी ४८ ओभर एक बल खेल्दै १९५ रनमै अल आउट भए ।
नेपालका लागि बसन्त रेग्मीले ३, जितेन्द्र मुखियाले २ विकेट लिए । शक्ती गौचन र सागर पुनले एक-एक विकेट लिए ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.