‘ओस्कारले मेरो सिनेमाको मुल्यांकन गर्न सक्दैन’ - आमिरले भने


बिषयवस्तु भन्दा पनि नाम र हल्लाकै भरमा चलेको ‘धुम ३’ पश्चात बलिउड नायक आमिर खानले आफ्नो बोली फेर्दै यस्तै अभिव्यक्ति दिएका हुन् ।

सन् २००१ मा ‘लगान’ चलचित्रले उनलाई ओस्कारसम्म पुर्‍याएको थियो । भारतमा आयोजना हुने सबैजसो अवार्ड कार्यक्रमबाट टाढा रहने यि सुपरस्टारले ओस्कारलाई नै मुख्य मुल्यांकनको केन्द्र मान्दै आएका थिए ।

तर मसलेदार चलचित्र ‘धुम ३’ ले बक्स अफिसमा सबै रेकर्ड ब्रेक गरेपछि आमिर खानको बोली फेरिएको छ । उनले अब ओस्कारलाई सिनेमा मुल्यांकन गर्ने चर्चित अवार्ड कार्यक्रमको रुपमा हेर्न छोडेका छन् । आमिरको नजरमा ओस्कारले सिनेमा हेर्ने दर्शक बढाउँछ । उनका अनुसार ओस्कारमा पुग्ने सिनेमा विभिन्न देशमा मानिसहरुले हेर्न पाउँछन् । जसका कारण यसले सिनेमाको दर्शक मात्र बढाउने काम गर्छ । तर ओस्कार अवार्डले सिनेमाको मुल्यांकन भने गर्न नसक्ने आमिरको दाबी छ ।

‘सिनेमाको बारेमा सबै दर्शक जानकार हुन्छन् भन्ने छैन, तर जब कुनै सिनेमा ओस्कारमा पुग्छ, विश्वकै दर्शकमा त्यो चलचित्र प्रतिको उत्सकुता बढेर आउँछ’, आमिरले भनेका छन् ।

बास्तविक बिषयका सिनेमा खेल्न माहिर मानिएका आमिर ‘तलाश’ र ‘धुम ३’ पश्चात मसलेदार सिनेमाको नायकको रुपमा चिनिदैछन् । कुनै समय बक्स अफिस आँकडाले आफूलाई केही फरक नपार्ने बताउने यि हिरो अहिले यसैको पछि दौडिरहेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.