बाटोमा भेटिएका बालकको उपचार खर्च सलमानले ब्यहोरे


बलिउड नायक सलमान खान समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । आफैले स्थापना गरेको ‘बीइङ ह्यूमन फाउण्डेशन’ मार्फत उनले समाजसेवा गरिरहेका छन् ।

सोमबार मुम्बइको बान्द्रा स्थित मेहबुब स्टूडियोबाट र्फकने क्रममा सलमानको कमलो मनको उदाहरण देखिएको छ । स्टूडियोबाट निस्कने वित्तिकै सलमानले बाटोमा एक १४ बर्षका बालकलाई हि्वलचियरमा देखे । बालकको साथमा उनको बाबु पनि थिए । बालकलाई देख्ने वित्तिकै सलमानले गाडी रोकेर उसको बाबुलाई बोलाए ।

छोराको खुट्टाको उपचार गर्न नसकेर छटपटाइरहेका बाबुलाई सलमानले एउटा कागजमा केही लेखिदिए । सलमानले कागजमा डाक्टर सन्दिप चोपडाको नाम लेखेर उसलाई भेट्न आग्रह गरे । खुट्टाको उपचार महंगो भएका कारण उनका छोरा हिड्न सकेका थिएनन् । कैलाश नाम गरेका ति व्यक्ति बेलापुरबाट आफ्नो छोराको उपचारका लागि मुम्बई पुगेका थिए ।

विजय नाम गरेका १४ बर्षका बालकको सम्पूर्ण उपचार खर्च सलमानले नै ब्यहोरेका छन् । डाक्टर सन्दिप पनि ‘बीइङ ह्यूमन’का लागि काम गर्दै आएका छन् । सलमानले बाटोमा भेटेका एक बालकलाई नयाँ भबिष्य दिएपछि अहिले यसको चर्चा सर्वत्र चुलिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.