दीपिका-रणवीर के पाक्दै छ ?


काठमाडौ, पुस २४ - कुनै बेला प्रेमी रणवीर कपुरसँगको पवित्र माया दर्साउन दीपिकाले गर्दनमा उनको नामको टाटु खोपाएकी थिइन् । तर रणवीरसँग ट्राजेडी खेपेकी दीपिकालाई प्रेमी नहुनु र टाटु हुनुले ठूलो बेचैनी बनायो । पर्मानेन्ट टाटु मेटाउन दीपिकाले प्रयास गरेका खबर पनि आए । तर यतिबेला रणवीरको टाटु पुनः काम लाग्ने देखिएको छ । अथवा, कपुर रणवीरले छोडेपछि दीपिकाले सिंह रणवीरलाई समातेकी छन् । पछिल्लो फिल्म 'राम-लीला' को हिट स्क्रिन जोडीले त्यसलाई निरन्तरता दिइरहेको बुझिएको छ । नयाँ वर्षको छुट्टी मनाउन यो जोडी हालै अमेरिका पुगेको थियो ।

पछिल्लो समयकी हिट एन्ड हट नायिका दीपिकाले शनिबारको आफ्नो जन्मदिन पनि परिवारसँग मनाइनन् बरु रोजिन् उनै रणवीरलाई । रणवीर सिंहसँगै रहेकी दीपिकालाई फ्यानले क्यामेरामा कैद गर्न भ्याएका थिए । केही अघि यस्तै होलिडे टि्रपमा पुगेका जोडी रणवीर कपुर र कटि्रना कैफलाई स्पेनको समुद्री तटमा रमाउँदै गरेका अवस्थाका तस्बिर यस्तै फ्यानले खिचेर फ्ल्यास गरिदिएपछि आपत् परेको थियो । त्यसबेला दीपिकाले कटि्रनालाई 'पब्लिक फिगर भएपछि आफ्ना फ्यानसँग पनि अलि सजग हुनपर्ने' अर्ती दिएकी थिइन् । आखिर यतिबेला उनले पनि अर्का रणवीरको बाहुपासमा पुगेपछि सारा सिद्धान्त बिर्सिइन् । यस्तै बिर्सिनेमध्येका अर्का जोडी पनि यतिबेला सोसल मिडियामा हिट बनेका छन्, नायक उदय चोपडा र नायिका नर्गिस फाख्री । उदयले पनि आफ्नो वर्थ डे विसरका रूपमा पाएकी नायिका नरगिससँग माल्दिभ्समा छुट्टी मनाउँदाको आक्रामक तस्बिर चुहिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.