धमेन्द्रको बयानले रोकिएको ‘शोले’ पहिलो पटक नेपालमा लाग्ने


चलचित्रका नायक धमेन्द्रले नेपाली बफदार हुने भन्दै कुकुरसँग तुलाना गरेपछि बलिउडकै चर्चित सिनेमा ‘शोले’ नेपालमा प्रदर्शन हुन सकेको थिएन । तर लामो समयपछि ‘शोले’लाई थ्रीडी प्रविधी मार्फत प्रदर्शन गर्न लागिएको हो । भारतसँगै यो चलचित्र नेपालमा पनि प्रदर्शनमा आउनेछ । करिब २५ करोडको लगानीमा ‘शोले’लाई थ्रीडी प्रविधी मार्फत दर्शकमाँझ ल्याउन लागिएको हो ।देशभरका करिब ६० पर्दामा प्रदर्शनमा आउन लागेको यो सिनेमालाई दर्शना आट्सले नेपाल वितरणको जिम्मा लिएको छ । रमेश सिप्पीको निर्देशनमा तयार भएको यो सिनेमा नेपालमा थ्रीडी र टूडीमा प्रदर्शनमा आउनेछ ।

अमिताभ बच्चन, धमेन्द्र, हेमा मालिनी लगायतका कलाकारले अभिनय गरेको यो सिनेमाले बलिउडमा थुप्रै रेकर्डहरु बनाएको थियो ।

देशभरका पर्दामा ‘धुम ३’ ले कब्जा जमाएको २ साता पछि ‘शोले’ले अर्को तहल्का मच्चाउन लागेको हो । हिन्दी सिनेमाले देशभरकै हल कब्जा गरिरहेको समयमा नेपाली सिनेमा भने निरही जस्तै देखिएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.