५ दिनसम्म अनुष्का र विराट एउटै घरमा


बलिउड लभ र रिलेशनको चर्चाले सधै नै गर्माउँछ । नायक-नायिका, नायिका-क्रिकेटर, नायिका-निर्देशकका सम्बन्धले बलिउडलाई सधै नै चर्चामा ल्याइरहेको हुन्छ । यतिबेला बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली बिचको प्रेम सम्बन्धले संचारमाध्यमको शिर्षक बनाइरहेको छ ।

तर पनि नायिका अनुष्का शर्माले आफूहरु राम्रो साथी भएको भन्दै प्रेम सम्बन्धको खबरलाई हल्ला मात्र भएको बताउँदै आएकी थिइन् । तर भारतको एक चर्चित पत्रिकाले भने अनुष्का र विराट ५ दिनसम्म एउटै घरमा बसेको खुलासा गरेको छ । दक्षिण अफि्रकामा एक दिवसिय र टेष्ट म्याच खेलेर फर्के लगतै विराट अनुष्काको घरमा ५ दिनसम्म रहेको पत्रिकाले जनाएको छ ।

पत्रिकाको यो सनसनीपूर्ण खुलासाले विराट र अनुष्का बिचको सम्बन्धलाई सतहमा ल्याइदिएको छ । विराट अनुष्काको घरमा ५ दिनसम्म रहेको उनका वाचम्यानले पनि बताएका छन् । विराट र अनुष्काको यो सम्बन्धले दुई बिचमा के पाँक्दैछ भन्ने स्पष्ट बनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.