बेलायतमा आफ्नो एकाउन्टमा चेक जम्मा गर्न अब बैंक गइरहनु नपर्ने भएको छ ।त्यहाँको केन्द्रीय बैंकले ग्राहकले स्मार्टफोनको माध्यमबाट आफ्नो अकाउन्टमा चेक जम्मा गर्ने अनुमति दिने घोषणा भएको छ । यसका लागि ग्राहकले चेकको तस्वीर खिचेर स्मार्टफोनको माध्यमबाट बैंकलाई पठाउनु पर्ने हुन्छ । यसरी पठाएको तस्वीर फोनमा भने सेभ हुँदैन, जसले फोन चोरी हुँदा पनि कुनै खतरा रहने छैन ।
यसका लागि कानून परिर्वतन गर्न सरकारले परामर्श सुरु गरिसकेको छ । यो प्रविधिबाट दुई दिनमा चेक क्लियर हुनेछ । अहिले आषैत ६ दिन लाग्ने गरेको छ । बार्कलेका मुख्य कार्यकारी एन्टोनी जेनकिंसले नयाँ तरिका सुरक्षित भएको बताएका छन् ।
बार्कलेको योजना अनुसार अप्रिल २०१४ मा फोनको माध्यमबाट चेक जम्मा गर्नका लागि एक पाइलट प्रोग्राम सुरु हुनेछ, त्यसपछि सबै ग्राहकका लागि यो सेवा सुरु हुनेछ ।
उसो त आमिर खानले अभिनय गरेको चलचित्र ‘थ्री इडियट्स’ले केही बर्ष अघि नै २ सय २ करोडको व्यापार गरेको थियो । तर पनि त्यतिबेला सम्म बलिउडका धेरै सिनेमाले गतिलो कमाई गरेका थिएनन् ।तर यसलगतै बलिउडमा सय करोड कमाउने सिनेमाको संख्या बढ्दै गएको थियो । तर सन् २०१२ सम्म आइपुग्दा त १ सय करोडको क्लब निक्कै चर्चामा रह्यो । १ सय करोड कमाउने सिनेमा, कलाकार, निर्माता, निर्देशकको चर्चा अरुको भन्दा धेरै हुन थाल्यो ।
तर एक बर्ष नबित्दै यो आँकडा अझै बढेको छ । बलिउडमा यो बर्षबाट २ सय करोड क्लबको चर्चा सुरु भएको छ । अर्को बर्षसम्म पुग्दा २ सय करोडले १ सय करोड क्लबलाई विस्थापित गर्ने देखिन्छ । यो बर्ष बलिउडमा २ वटा सिनेमाले २ सय करोड क्लबको आँकडालाई सजिलै छोएका छन् । जसमा साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ र आमिर खान अभिनित चलचित्र ‘धुम ३’ छन् । ‘चेन्नई एक्सप्रेस’ले २२६ करोडको व्यापार गरेको थियो । अहिले यही रेकर्डलाई ‘धुम ३’ ले पछ्याइरहेको छ । यो सिनेमाले १० दिन भित्र २ सय ७ करोड कमाइसकेको बताइन्छ । ‘धुम ३’ ले चेन्नइको रेकर्ड तोड्ने निश्चित जस्तै छ ।
यस्तै ऋतिक रोशनको चलचित्र ‘क्रिस ३’ ले पनि भारतमा १९८ करोडको नेट व्यापार गरेको थियो । यो बर्ष १ सय करोडको क्लबमा सामेल हुने अन्य चलचित्रहरुमा ‘रेश २’(१०२ करोड), ‘भाग मिल्खा भाग’(१०७ करोड), ‘ए जवानी हे दिवानी’(१८८ करोड), ‘ग्रान्ड मस्ती’(१०३ करोड), ‘रामलिला’(१११ करोड) छन् ।
बलिउडमा अर्को बर्ष आधादर्जन सिनेमाले २ सय करोड कमाउने आँकलन गरिएको छ । हलको बिस्तार र टिकट दर बढेकाले पनि बलिउड बजार बढ्दै गएको छ ।
बलिउड कलाकारहरु जहाँ जान्छन् आम्दानी अघि अघि दौडन्छ भनिन्छ । यसैले त सुपरस्टारहरुको कमाई निक्कै लोभलाग्दो छ । फोब्स म्यागेजिनका अनुसार यो बर्ष बलिउडमा सर्वाधिक कमाउने स्टारहरुको सूचिमा बलिउड बादशाहले चिनिने साहरुख खान अग्रपंक्तिमा छन् । उनले एक बर्षमा करिब २ सय २० करोड कमाई गरेका छन् । साहरुखको आम्दानी पछिल्ला बर्षहरुमा निक्कै बढेको छ । उनी करिब ५६ अरबको मालिक रहेको बताइन्छ । साहरुख क्रिकेट टिम, रेड चिल्ली प्रोडक्शन हाउसका मालिक हुन् । यस्तै उनले नै बनाएको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले यो बर्ष २२६ करोड कमाएर थुप्रै रेकर्ड ब्रेक गरेको थियो ।
साहरुख पश्चात दोश्रो स्थानमा नायक सलमान खान देखिएका छन् । उनको कमाई यो बर्ष १५४ करोड रहेको छ । सलमानले चर्चित रीयालिटी शो ‘बीग बोस ७’ मा करिब १ सय ३५ करोड लिएका थिए । यस्तै केही विज्ञापनहरुमा अभिनय गरेर सलमानले यो गरुङ्गो रकम कमाएका हुन् ।
सर्वाधिक कमाउने सूचिमा बलिउडका मेघास्टार अमिताभ बच्चन पनि छन् । उनको यो बर्षको कमाई १ अरब माथि रहेको बताइन्छ । यो भिडमा ऋतिक रोशन र अक्षय कुमार पनि पर्दछन् । जसको कमाई १ अरब माथि नै छ । रणवीर कपुर, कट्रिना कैफ, दीपिका पादुकोण, करिना कपुर, आमिर खान पनि यो सूचिमा पर्दछन् । तर उनीहरुको कमाई भने १ अरब पुग्न सकेको छैन ।
नयाँ दिल्ली, पुस १६ - गत मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने २४ वर्षी रामलाल हरियाणाको एक ग्रामिण शहरमा तरकारी पसले बनेका छन् ।
हरियाणाको फत्तेहबाद जिल्लाका बासिन्दा रामलाललाई तत्काल सम्मान गर्ने भन्दै हरियाणाका मुख्य मन्त्री भुपिन्दर सिंह हुडाले ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । तर, यो 'क्षणिक कुरा' मात्रै बनेको आरोही रामलालले बताएका छन् ।
रामलाल पनि यतिखेर हरियाणाको तोहाना गाउँमा तरकारी पसले बनेका छन्- सगरमाथा आरोहीको चिनारीलाई पन्छाएर । 'मैले कुनै मानसम्मान खोजेको होइन,'उनले टाइम्स अफ इण्डिया पत्रिकामा भनेका छन्-'बरु एउटा सगरमाथा आरोहीले अरु हिमश्रृङ्खला चढ्न चाहेको छ/छैन भनेर कसैले सोधिदिए मात्रै पनि पुग्थ्यो । जिवन गुजारा त तरकारी बचेरै पनि गर्नेछु ।'
काठमाडौ, पुस १६ -
असन्तुष्टद्वारा पार्टी कार्यालय अगाडि प्रदर्शन
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीप्रति असन्तुष्ट जनाउँदै कार्यकर्ताले आज सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । समानुपातिक सूचीमा बिद्यार्थी फोरमका अध्यक्ष कमलेश्वर यादवको नाम नपरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
सूची सच्याउन माग गर्दै उनीहरुले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिए । फोरम केन्द्रीय समितिले समानुपातिक सभासद् छान्ने जिम्मा अध्यक्ष विजय गच्छदारलाई दिएको थियो ।
गच्छदारले भीएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेल, ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल तथा एन प्याब्सनकी अध्यक्ष गीता राणासमेत फोरम लोकतान्त्रिकको सभासदको सूचीमा छन् । यस्तै व्यापारीहरू डा।सुबोध पोखरेल र दिनबन्धु अग्रवाल पनि गच्छदारको सूचीमा छन् ।
फोरम लोकतान्त्रिकबाट सिफारिस सभासद्
आशा चतुबेर्दी
डा.बाबुराम पोखरेल
गीता राणा
डा.सुबोध पोखेरल
दिनबन्धु अग्रवाल
रमनी राम
पवनकुमार सारडा
सुमित्रा थरुनी
योगेन्द्र चौधरी
कल्पना चौधरी
काठमाडौ, पुस १६ - सर्वोच्च अदालतले मंगलबार सरकारलाई राष्ट्रपतिले संविधानसभाको बैठक के कारणले बोलाउन मिल्दैन भन्दै कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले अधिवक्ता विश्वास आचार्यको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।
अन्तरिम आदेश जारी हुने कि नहुने विषयमा अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।
नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनका तर्फबाट अधिवक्ता आचार्यले शुक्रबार रिट दायर गरेका थिए । - See more at:
न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले अधिवक्ता विश्वास आचार्यको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।
अन्तरिम आदेश जारी हुने कि नहुने विषयमा अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।
नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनका तर्फबाट अधिवक्ता आचार्यले शुक्रबार रिट दायर गरेका थिए । - See more at:
काठमाडौ, पुस १६ -
भागबन्डा भएको भन्दै तीव्र विरोध
कांग्रेसले समानुपातिकतर्फ आफ्नो कोटाका ९१ सभासदको सूची सोमबार निर्वाचन आयोगमा बुझाएको छ । त्यसअघि कांग्रेस संसदीय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यसमितिको बहुमतले अनुमोदन गरेको थियो ।
सभासद छनोटलाई लिएर पार्टीभित्र तीव्र विरोध सुरु भएको छ । नेताहरूले संसदीय समितिको निर्णयलाई सर्वसम्मत रूपमा अनुमोदन गराउने प्रयास गरे पनि हुन नसकेपछि बहुमतका आधारमा निर्णय गरिएको थियो ।
सभासद छनोटलाई लिएर केन्द्रीय कार्यसमितिका १२ सदस्यहरूले फरक मत दर्ता गराएका छन् । उनीहरूले योग्य र क्षमतावानभन्दा पनि पार्टीभित्र भागबन्डाका आधारमा सभासद छनोट गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । फरक मत लेख्नेहरूमा केन्द्रीय सदस्यहरू आमोद उपाध्याय, दीपकुमार उपाध्याय, रमेश रिजाल, राजन पन्त, गगन थापा, सुरेन्द्र पाण्डे, चन्द्र भण्डारी, बाबुराम राना, जीवन शाही, अजय चौरासिया, अर्जुन जोशी र मीना सुब्बा छन् ।
संसदीय समितिले केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्राथमिकतामा राखे पनि सूचीमा रहेका चार सदस्य मात्रै फालिएका छन् । समानुपातिक सूचीका ३४ केन्द्रीय सदस्यमध्ये पाण्डे, पन्त, राना, सुब्बा भागबन्डामा अटाएनन् । उनीहरूले अन्य केन्द्रीय सदस्यहरू के मापदण्डका आधारमा परे र आफूहरू किन परिएन भन्दै बैठकमा नेतृत्वसँग प्रश्न गरेका थिए । १२ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यमध्ये नपर्नेमा पाण्डे मात्रै हुन् ।
समानुपातिकतर्फ कांग्रेसले पाएको ९१ सिटमा संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच पहिल्यै साठी-चालीसको भागबन्डा गराई निर्णय गरिएको थियो । जसअनुसार संस्थापन पक्षले ५५ र देउवा पक्षले ३६ सभासद पाएका छन् । दुई पक्षबीचको भागबन्डाअनुसार ल्याइएको सूचीलाई संसदीय समितिले निर्णय गरेको थियो । त्यसपछि केन्द्रीय समितिमा अनुमोदनका लागि लगिएको हो । दुई पक्षबीच खासै विवाद नभए पनि आ-आफ्नो गुटभित्र भने चर्को विवाद भएका कारण निर्णयमा ढिलाइ भएको थियो । यसअघि समानुपातिकमा परेकालाई प्राथमिकतामा नपार्ने भनिए पनि १९ जनालाई दोहोर्याइएको छ ।
असन्तुष्ट सदस्यहरूले सभासद छनोट मापदण्डका आधारमा नभएको, कुनै जिल्लामा बढी र कुनै खाली रहेको, भागबन्डा गर्दा योग्य र क्षमतावान सदस्यहरू नपरेको भन्दै असन्तुष्टि जनाएका थिए । निर्णयपछि पार्टी केन्द्रीय कार्यालयबाहिर असन्तुष्ट कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।
नेताहरूले आफ्नो गृहजिल्लामा भने सबैभन्दा बढी सभासद पार्न सफल भएका छन् । सबैभन्दा बढी केन्द्रीय सदस्य विमलेन्द्र निधिको गृहजिल्ला धनुषाका ८ सभासद परेका छन् । सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेका ५ सभासद परेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट ३ र उपसभापति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँबाट ३ सभासद पारिएको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएको २५ जिल्लामा प्रतिनिधित्व गराउने भए पनि कतिपय जिल्ला समानुपातिकतर्फ पनि समेटिएको छैन । बैठकमा असहमति जनाउँदै युवा नेता थापाले पार्टीभित्र भागबन्डाको गलत संस्कार र परम्परा बसालिन खोजिएको भन्दै आफूले त्यसविरुद्ध विद्रोह गर्ने बताएका थिए । उनले समानुपातिक सभासद छनोट पनि सिंगो पार्टीभित्र नभएर मोर्चाबन्दीमा गरिएको भन्दै कडा आपत्ति जनाएको स्रोतले बतायो ।
काठमाडौं, पुस १६ -
राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले पठाए श्रीमतीको नाम
गच्छदारले प्याब्सन र एन प्याब्सनका अध्यक्षलाई बनाए सबैजसो मधेसी दलले आफन्त र व्यापारी नछुट्ने गरी समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाएका छन् । मधेसमा पहिलो दल बनेको विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टी पदाधिकारीभन्दा बाहिरका व्यापारिक पृष्ठभूमिका र पैसावाललाई सभासद सिफारिस गरेको छ ।
भीएस निकेतन स्कुलका संस्थापक पि्रन्सिपल तथा प्याब्सनका अध्यक्ष डा.बाबुराम पोखरेल, ग्यालेक्सी पब्लिक स्कुलकी पि्रन्सिपल तथा एन प्याब्सनकी अध्यक्ष गीता राणासमेत फोरम लोकतान्त्रिकको सभासदको सूचीमा परेका छन् ।
यस्तै व्यापारीहरू डा.सुबोध पोखरेल र दिनबन्धु अग्रवाल पनि गच्छदारको सूचीमा छन् । पार्टी केन्द्रीय समितिले समानुपातिकका १० सभासद छान्ने अधिकार अध्यक्ष गच्छदारलाई दिएको थियो । फोरम लोकतान्त्रिकले समानुपातिक सूचीमा रहेका उपाध्यक्ष मोहम्मद नसिर सिद्दिकी, महासचिव जितेन्द्रनारायण देव र सचिव चन्द्रेश्वर खत्वेलाई समेटेन । कोषाध्यक्ष आशा चतुर्वेदीलाई भने उसले समेटेको छ ।
यस्तै सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि श्रीमती शैलदेवी र व्यापारी विमल केडियालाई सभासद बनाएका छन् । सद्भावना अध्यक्ष महतो भने सर्लाही ४ मा तराई मधेस सद्भावना पार्टी -तमसपा) अध्यक्ष महेन्द्र यादवबाट पराजित भएका थिए । पार्टीले अध्यक्षलाई नै नाम छान्ने अधिकार दिएको थियो । सद्भावनाले अघिल्लो पटक पनि समानुपातिक सभासद रहेका सहअध्यक्ष लक्ष्मणलाल कर्णसहित उपाध्यक्ष नरसिंह चौधरीलाई सभासद बनाएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) ले पनि पैसावाल र व्यापारिक पृष्ठभूमिकालाई सभासद बनाएको छ । अघिल्लो पटक पनि मन्त्रिपरिषदो सिफारिसमा सभासद बनेका अकबाल अहमद शाहसहित अस्पताल व्यवसायी डा.विजय सिंह, पैसावाल राजकुमारी गडेरियालाई तमलोपाले सभासद बनाएको हो ।
शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा) लेसमेत दुई व्यापारीसहितलाई सभासद बनाएको छ । पार्टीकी सल्लाहकार तथा व्यापारी निर्जला राउत र अर्का दिनेशप्रसाद साह र धर्मेन्द्र साहलाई समानुपातिक सभासद बनाएको हो । व्यक्तिगत फाइदा उठाएर सभासदमा सिफारिस गरेको भन्दै महासचिव रामेश्वर साहले अध्यक्षको भण्डाफोर गर्ने बताएका छन् । 'अध्यक्षले पार्टीको हितविपरीत पैसा लिएर सभासद बनाएका छन्,' उनले कान्तिपुरसित भने, 'अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्छ ।'
संघीय सद्भावना अध्यक्ष अनिल झाले पनि महतोको सिको गर्दै एक सिटमा श्रीमती डा.डिम्पलकुमारी झालाई सभासदका लागि सिफारिस गरेका छन् । झा भने रौतहट १ बाट पराजित भएका थिए । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि पाएको एक सिटमा श्रीमती सरिता यादवको नाम पठाएका छन् । 'अध्यक्षले श्रीमतीलाई नै पठाउँछन् भन्ने पहिले नै थाहा थियो,' पार्टी वरिष्ठ नेता राजलाल यादवले भने । फोरम नेपालले भने सोमबार नाम बुझाएन ।
सबै प्रक्रियामा संलग्नमा कर्ण मात्रै आए
अघिल्लो पटकको संविधानसभाका हरेक कार्यदल र निर्णय प्रक्रियामा संलग्न रहने समूहबाट यो पटक लक्ष्मणलाल कर्ण मात्रै सभासद भएका छन् ।
संविधानसभाको संवैधानिक समिति, विवाद समाधान उपसमिति, प्रतिवेदन अध्ययन समिति र त्यसअन्तर्गतका विभिन्न कार्यदलमा प्रमुख पार्टीका पाँच सभासद रहन्थे । त्यसमा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका अग्नि खरेल, एमाओवादीका खिमलाल देवकोटा सहभागी हुन्थे मधेसीकातर्फबाट सद्भावना सहअध्यक्ष रहेका कर्ण सहभागी हुन्थे । तीमध्ये सद्भावनाका कर्णबाहेक अन्य ठूला पार्टीले पुरानालाई दोहोर्याएनन् । उनीहरू सबै कानुनी पृष्ठभूमिका भएकाले हरेक दस्तावेज लेखन र त्यसको भाषिक एवं कानुनी पाटोलाई केलाउनेमध्येमा पर्थे । त्यही पृष्ठभूमिकै कारण उनीहरूलाई त्यस्ता समितिहरूमा जिम्मेवारी दिइन्थ्यो ।
===============
फोरम लोकतान्त्रिक
===============
आशा चतुबेर्दी
डा.बाबुराम पोखरेल
गीता राण्ाा
डा.सुबोध पोखेरल
दिनबन्धु अग्रवाल
रमनी राम
पवनकुमार सारडा
सुमित्रा थरुनी
योगेन्द्र चौधरी
कल्पना चौधरी
================
तमलोपा
=============
अकबाल अहमद शाह
डा.विजय सिंह
केदारनन्दन चौधरी
रमेश पटेल कुर्मी
इन्दिरा झा
मिरा चौधरी
राजकुमारी गडरिया
=============
सद्भावना
============
लक्ष्मणलाल कर्ण
विमल केडिया
नरसिंह चौधरी
शैलदेवी महतो
माधुरी रानी साह
=========
रामसपा
========
निर्जला राउत
धर्मेन्द्र साह
दिनेशप्रसाद साह
===============
फोरम गणतान्त्रिक
==============
सरिता यादव
संघीय सद्भावना
डा.डिम्पलकुमारी झा
काठमाडौ, पुस १५ - कांग्रेस संसदीय समितिको समानुपातिक सभासदको टुंगो लगाएको छ । समितिले टुंगो लगाएको सभासद्हरुको नामलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि निर्वाचनमा आयोगमा लैजाने तयारी छ ।
अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दा पन्ध्र सदस्यले असहमती जनाएका छन । केन्द्रीय कार्यसमितिमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सभासद्को नाम पढेर सुनाएका थिए । त्यसमाथि पन्ध्र जनाले असहमत जनाएको स्रोतले उल्लेख गर्यो ।
त्यसअघि संसदीय समितिले कांग्रेस कोटाको ९१ जनाको नाम टुंगो लगाएको थियो । जसमा संस्थापन पक्षका ५५ र देउवा पक्षका ३६ जना छन । कांग्रेसले पाँच व्यापारीलाई भने समानुपातिक सभासदमा पारेको छैन । शिर्ष नेताहरुको गृहजिल्लामा बढी सभासद् परेका छन ।
1. चित्रलेखा यादव
2. गोपालमान श्रेष्ठ
3. कुलबहादुर गुरुङ
4. लीला कोइराला
5. दिलबहादुर घर्ती
6. नरेन्द्रबिक्रम नेम्वाङ
7. प्रदीप गिरी
8. ज्ञानेन्द्रबहादुर कार्की
9. मिनेन्द्रप्रसाद रिजाल
10. प्रकाशशरण महत
11. मानबहादुर विश्वकर्मा
12. सुजाता कोइराला
13. मनमोहन भट्टराई
14. महालक्ष्मी उपाध्याय 'डिना'
15. आनन्दप्रसाद ढुंगाना
16. सूर्यमान गुरुङ
17. कमला पन्त
18. अम्बिका बस्नेत
19. धनराज गुरुङ
20. महेन्द्र यादव
21. रत्ना शेरचन
22. मिनबहादुर विश्वकर्मा
23. बद्रीप्रसाद पाण्डे
24. जीवन परियार
25. ईश्वरी न्यौपाने
26. सिता गुरुङ
27. कविताकुमारी सरदार
28. मिनाक्षी झा
29. सुजाता परियार
30. कुमारी लक्ष्मी राई
31. चिनकाजी श्रेष्ठ
32. रामचन्द्र पोखरेल
33. अशोक कोइराला
34. गणेशप्रसाद विमली
35. जगदीश्वरनरसिंह केसी
36. तारणिदत्त चटौत
37. भरतबहादुर खड्का
38. ध्रुव वाग्ले
39. बलदेव बोहोरा
40. सरिता प्रसाईं
41. मधु शाही ठकुरी
42. अनिता देवकोटा
43. रिता शाही
44. मिठु मल्ल
45. चन्द्रादेवी जोशी
46. आरजु राणा देउवा
47. दीपशिखा शर्मा ढकाल
48. शिला शर्मा (खड्का)
49. मुक्ताकुमारी यादव
50. संगीता मण्डल (धानुक)
51. कौशर शाह
52. रश्मि ठाकुर
53. सरवत आरा खातुन हलुवाईनी
54. प्रमिलादेवी दास
55. उषा गुरुङ
56. राज्यलक्ष्मी श्रेष्ठ
57. सरस्वती वजिमय
58. पुष्पलता लामा
59. विन्दादेवी आले (राना)
60. अन्जना ताम्ली
61. सुवर्ण ज्वारचन
62. अन्जनी श्रेष्ठ
63. महेन्द्रकुमारी लिम्बू
64. ओमदेवी मल्ल जोशी
65. कल्पना सोप
66. आशा बिक
67. विष्णुमाया परियार
68. सावित्रीदेवी चौधरी
69. भोटनीदेवी खवास
70. लक्ष्मीदेवी भण्डारी
71. मोहनकुमार राई
72. दिलमान पाख्रीन
73. अमरसिंह पुन
74. झुलबहादुर आले
75. मनोहरनारायण श्रेष्ठ
76. लालबहादुर घले
77. खड्गबहादुर बस्याल
78. रन्जीत कर्ण
79. अमियकुमार यादव
80. लालवावु सिंह भुईंहार
81. बादशाह कुर्मी
82. अब्दुल हमिद सिद्धिकी
83. अमृतलाल राजवंशी
84. शान्तिदेवी चौधरी
85. वुद्धिसागर चौधरी
86. हरेशप्रसाद महतो
87. मुख्तर अहमद
88. डिल्लीबहादुर चौधरी
89. प्यारेलाल राना
90. मैकुलाल वाल्मिकी
91. नरभान कामी
काठमाडौ, पुस १५ - शरद सिंह नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा समानुपातिक सभासद चयनको विषयमा विवाद बढेको छ । पार्टी महासचिव रामेश्वर साहले अध्यक्ष भण्डारी मनोमानी ढंगले चलेको भन्दै पार्टी कार्यालय बालकुमारीमा धरना दिएका छन् । उनले भण्डारी विरुद्ध पार्टीमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । साहले अध्यक्ष विरुद्ध अविश्वास प्रस्ताव बारे जानकारी गराउन पार्टी कार्यालय आएको तर कार्यालयमा ताला लागेकोले त्यहीँ टाँस गरेको बताए । र, यसको जानकारी निर्वाच्ानमा गराउने बताए ।
पर्टीले समानुपातिकमा निर्जला राउत, धर्मेन्द्र साह र दिनेश साहलाई सभासदका लागि आयोगमा सिफारिस गरेको छ । उक्त सिफारिससँगै पार्टीमा असन्तुष्टि बढेको हो ।
काठमाडौ, पुस १५ - समानुपातिक प्रणालीबाट सभासद् चयन हुनेहरुको नामावली बुझाउने आज अन्तिम दिन अपरान्ह सम्म पनि ठूला दलहरु कांग्रेस र एमाओवादीले नाम टुंग्याउन सकेको छैन । निर्वाचन आयोगका अनुसार अपरान्ह १ बजेसम्म तराई मधेस लोकतान्त्रिक पार्टीले मात्रै आफ्नो दलबाट ७ जनाको नाम बुझाएको छ । दोस्रो ठूलो दल एमालेले यसअघि नै नाम बुझाइसकेको छ ।
कांग्रेसमा संसदीय बोर्डको बैठक १ बजेसम्म बस्न सकेको छैन । कांग्रेसमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीचको विवाद मिलाउने प्रयास भइरहेको छ । पार्टी कार्यालयमा दुवै पक्ष आ-आफ्नो तर्फबाट अन्तिम सूची तयार पार्न व्यस्त छन् । ११ बजे बोलाइएको केन्द्रीय समितिको बैठक १ बजेलाई सारिएपनि बस्न सकेको छैन ।
एमाओवादी केन्द्रीय समितिले सभासद छान्ने जिम्मा चार जना नेतालाई दिएको छ । चार नेताहरुको बैठक अपरान्ह २ बजे बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोस्टबहादुर बोगटीको बैठकले अन्तिम नामको टुंगो लगाउने छ ।
तमलोपाले समानुपातिक तर्फबाट पाएको ७ सिटमा पठाएको नाम सार्वजनिक भएको छैन । पार्टीले आयोगमा बुझाएपनि सार्वजनिक गरेको छैन भने आयोगले अहिले नै मिडियालाई जानकारी दिन नमिल्ने जनाएको छ । पार्टी स्रोतका अनुसार डा. विजय सिंह, अकवाल अहमद साह, केदारनन्दन चौधरी, रमेश पटेल कुर्मी, इन्दिरा झा, मिरा चौधरी र राजकुमारी गडेरी समानुपातिक सुचीबाट सभासदको सिफारिसमा परेका छन् ।
राजविराज, पुस १४ - तेश्रो मुलुकबाट निर्यात हुने सुपारी भारततर्फ तस्करी गर्न राखिएको अवस्थाबाट सप्तरी प्रहरीले गएराति सिमावर्ती क्षेत्रबाट बरामद गरेका छन् ।
सुपारी तस्करी भइरहेको सूचना पाएको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका सुरक्षाकर्मीले सप्तरीको छिन्नमस्ता गाविसस्थित मोहनपुर मौहवा भन्ने स्थानबाट ३९ बोरा सुपारी बरामद गरेको हो ।
एउटा बोरामा ६० केजी सुपारी रहने गरेको र कुल २३ क्वीन्टल ४० केजी रहेको प्रहरीले जानकारी दिएका छन् । खेतमा राखेर बैलगाडामा लोड गर्न राखिएको अवस्थाबाट उक्त सुपारी नियन्त्रणमा लिएको सप्तरीका एसपी दिनेश अमात्यले जानकारी दिए ।
प्रहरीले बरामद गरेको उक्त सुपारीलाई आवश्यक कारबाहीकालागि आज राजविराज भन्सार कार्यालयको जिम्मा लगाएको छ ।
सुपारी तस्करी भइरहेको सूचना पाएको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका सुरक्षाकर्मीले सप्तरीको छिन्नमस्ता गाविसस्थित मोहनपुर मौहवा भन्ने स्थानबाट ३९ बोरा सुपारी बरामद गरेको हो ।
एउटा बोरामा ६० केजी सुपारी रहने गरेको र कुल २३ क्वीन्टल ४० केजी रहेको प्रहरीले जानकारी दिएका छन् । खेतमा राखेर बैलगाडामा लोड गर्न राखिएको अवस्थाबाट उक्त सुपारी नियन्त्रणमा लिएको सप्तरीका एसपी दिनेश अमात्यले जानकारी दिए ।
प्रहरीले बरामद गरेको उक्त सुपारीलाई आवश्यक कारबाहीकालागि आज राजविराज भन्सार कार्यालयको जिम्मा लगाएको छ ।
काठमाडौं, पुस १४ - एमाओवादीले आइतबार समानुपातिक सभासदको अन्तिम सूची बनाउने भएको छ । सूचीलाई केन्द्रीय समिति बैठकबाट नाम अनुमोदन गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनका अनुसार सभासदको सूची तयार पार्ने जिम्मा नेता पोस्टबहादुर बोगटीलाई दिइएको छ । बोगटीले तयार पारेको सूची केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने छ ।
'आइतबार केन्द्रीय समिति बैठकले समानुपातिक सभासदको सूची अनुमोदन गर्नेछ,' सापकोटाले भने, 'त्यसका लागि मापदण्ड बनाइएको छ ।' ५४ सिट पाएको एमाओवादीले यसअघि अवसर नपाएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ । सशस्त्र युद्धका क्रममा 'सहिद', बेपत्ता परिवार, घाइते नेता तथा कार्यकर्ता, इमानदारीपूर्वक लामो समय पार्टीमा काम गरेकालाई सभासद बनाएर पठाइने छ ।
एउटै परिवारका दुई व्यक्ति पनि समानुपातिक सूचीमा पर्ने छैनन् । सकरभर प्रत्यक्षमा नजितेका जिल्लाकालाई समेट्ने तयारी छ । प्रभावशाली नेताका वरिपरिका व्यक्ति सभासद हुने कसरत गरिरहेकाले मापदण्ड तय गरे पनि अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समझदारीबाट समानुपातिक सूचीले अन्तिम रूप पाउने छ । प्रभावशाली नेतालाई प्रलोभनमा पारी सभासद हुनका लागि पछिल्लो समय एमाओवादीमा प्रवेश गर्नेहरूलाई लिएर पनि पार्टीभित्र विरोध छ । लामो समय पार्टीमा योगदान गरेकालाई सभासदमा चयन गर्न शीर्ष नेताहरूमाथि दबाब परेको छ ।
समानुपातिकको पहिलो सूची बुझाउने अघिल्लो दिन प्रवेश गरेका लार्केल लामालाई सभासद नबनाउन दबाब परेको एक नेताले बताए । लामाको एमाओवादी प्रवेश सभासद हुन केन्दि्रत भएकाले विरोध भएको ती नेताले बताए । सभासद हुने चाहनेहरू दाहाल, भट्टराई र श्रेष्ठलाई भेटै हिँडेका छन् ।
काठमाडौं, पुस १४ - एमाओवादीले आइतबार समानुपातिक सभासदको अन्तिम सूची बनाउने भएको छ । सूचीलाई केन्द्रीय समिति बैठकबाट नाम अनुमोदन गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनका अनुसार सभासदको सूची तयार पार्ने जिम्मा नेता पोस्टबहादुर बोगटीलाई दिइएको छ । बोगटीले तयार पारेको सूची केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने छ ।
'आइतबार केन्द्रीय समिति बैठकले समानुपातिक सभासदको सूची अनुमोदन गर्नेछ,' सापकोटाले भने, 'त्यसका लागि मापदण्ड बनाइएको छ ।' ५४ सिट पाएको एमाओवादीले यसअघि अवसर नपाएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ । सशस्त्र युद्धका क्रममा 'सहिद', बेपत्ता परिवार, घाइते नेता तथा कार्यकर्ता, इमानदारीपूर्वक लामो समय पार्टीमा काम गरेकालाई सभासद बनाएर पठाइने छ ।
एउटै परिवारका दुई व्यक्ति पनि समानुपातिक सूचीमा पर्ने छैनन् । सकरभर प्रत्यक्षमा नजितेका जिल्लाकालाई समेट्ने तयारी छ । प्रभावशाली नेताका वरिपरिका व्यक्ति सभासद हुने कसरत गरिरहेकाले मापदण्ड तय गरे पनि अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समझदारीबाट समानुपातिक सूचीले अन्तिम रूप पाउने छ । प्रभावशाली नेतालाई प्रलोभनमा पारी सभासद हुनका लागि पछिल्लो समय एमाओवादीमा प्रवेश गर्नेहरूलाई लिएर पनि पार्टीभित्र विरोध छ । लामो समय पार्टीमा योगदान गरेकालाई सभासदमा चयन गर्न शीर्ष नेताहरूमाथि दबाब परेको छ ।
समानुपातिकको पहिलो सूची बुझाउने अघिल्लो दिन प्रवेश गरेका लार्केल लामालाई सभासद नबनाउन दबाब परेको एक नेताले बताए । लामाको एमाओवादी प्रवेश सभासद हुन केन्दि्रत भएकाले विरोध भएको ती नेताले बताए । सभासद हुने चाहनेहरू दाहाल, भट्टराई र श्रेष्ठलाई भेटै हिँडेका छन् ।
काठमाडौ, - वर्ष २०१३ ले नायिका दीपिका पादुकोणलाई सफलता नै सफलता चखाएर जाँदै छ । त्यसो त उनले यही खुशीमा केही दिनअघि आफ्ना समकक्षी, फिल्मकर्मीलाई निम्त्याएर ग्रान्ड पार्टी नै दिइन् । यस वर्ष 'रेस २', 'चेन्नाई एक्सप्रेस', 'ये जवानी है दिवानी' र 'रामलीला' कुनै पनि फिल्मले उनलाई दुःखी बनाएनन् । अथवा भनौं, सय करोडवाली नायिकामा उनलाई सबै फिल्मले स्थापित गरिदिए । गत वर्ष यसै गरी ब्याक टू ब्याक सय करोड क्लबका फिल्म दिएर 'दबंग' छवि बनाएका सलमान खानलाई यसपालि दीपिकाले जितिन् ।
विभिन्न सर्वेक्षणमा नम्बर एक नायिका दरिएकी दीपिका पहिलो फिल्म 'ओम शान्ति ओम' बाटै बलिउडका 'किङ खान' शाहरुखसँग जोडी बाँधेर देखा परेकी थिइन् । त्यसपछि शाहरुखसँगैको 'चेन्नाई एक्सप्रेस' ले पनि सफलता दिएपछि अब उनी कुन नायकसँग काम गर्न चाहन्छिन् होला त ?
'मलाई सलमान खान, आमिर खान र हृतिक रोशनसँग काम गर्न मन छ ।' हरेक वर्ष कुन नायकसँग काम गर्न मन छ भन्ने सवाल सुन्दासुन्दै हैरान भइसकेकी दीपिकाले अन्ततः यति बेला आफ्नो मनको चाह पोखेकी छन् । अहिलेसम्म यी तीन नायकसँग उनले फिल्ममा देखिन पाएकी छैनन् । त्यसैले पनि उनी एकदुई वर्षभित्रै यी नायकहरूसँग स्त्रिmन सेयर गर्न पाउनेमा आशावादी छिन् । तर त्यो आउने वर्ष सम्भव हुने सम्भावना कम छ । किनकि, सन् २०१४ मा आउने तीनमध्ये एकमा रजनीकान्त, अर्कोमा अर्जुन कपुरसँग देखिँदै छिन् भने तेस्रो फिल्म 'ह्याप्पी न्यु इयर' मा उनी शाहरुखसँग ह्याटि्रक गर्दै छिन् ।
काठमाडौ, - बलिउडको एउटा ठूलो फिल्मले नेपालबाट करोडभन्दा बढी आम्दानी गरेर लैजान्छ भन्ने धेरैलाई थाहा छ । तर, कुनै ठूलो बजेटको हिन्दी फिल्म आउँदा नेपाली फिल्मको रिलिज नै रोकिन्छ भन्ने तपाईंलाई थाहा छ ? नेपाली फिल्म उद्योगमा यही दृश्य देखिएको छ । रेलको बाटो काट्ने गाडीलाई रेल आउने बेला रातो झन्डा देखाएर रोकिएझैं आमिर खान अभिनित फिल्म 'धुम-३' को रिलिजले नेपाली फिल्मलाई तीन हप्तासम्मका लागि रातो झन्डा देखाएको छ ।
पुस ५ गते शुक्रबार रिलिज भएको 'धुम-३' सँग कुनै नेपाली फिल्म रिलिज भएनन् । अब आउने दुई साता पनि कुनै नेपाली फिल्म रिलिज हुँदै छैनन् । 'यो दुई हप्ता नेपाली फिल्म छैन, एकैचोटि पुस २६ मा चारवटा फिल्म रिलिज हुँदैछन्,' फिल्म वितरक सुनिल मानन्धरले भने ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले पनि निर्माताहरू यो बेला फिल्म रिलिज गर्न हिच्किचाएको बताए । तर, यसको कारण ठूलो हिन्दी फिल्म मात्र नभई पुसको जाडो भएको उनको भनाइ छ । वितरक मानन्धर र निर्माता राई दुवैले ठूलो फिल्मले गर्दा निर्मातामा 'फियर साइको' बढेको भए पनि यो मात्र कारण नभएको दाबी गरे । 'अघिल्लो वर्ष पनि पुसमा धेरै फिल्म रिलिज भएका थिएनन्,' मानन्धरले भने । राई भने संविधान नभएर देश संक्रमणमा चलेजस्तै फिल्म उद्योग पनि संक्रमणमा चलेका बेला भएकाले हल्ला बढी भएको बताउँछन् । 'स्वदेशी फिल्मविरुद्ध बढी हल्ला हुने गरेको छ, अहिले पनि निर्माता डराएको भनेर हल्ला गरियो,' उनले भने । फिल्म नीति बनिसकेर लागू भएपछि फिल्मको प्रदर्शन व्यवस्थित हुने उनले बताए । फिल्म नीतिको मस्यौदामा विदेशी फिल्मको प्रदर्शनलाई कोटा तोकेर व्यवस्थित गर्ने भनिएको छ ।
नेपाली फिल्महरूले धेरै उत्साहप्रद व्यवसाय गर्न नसकिरहेका बेला आएको ठूलो बजेट र गतिलो प्रचार भएको यो फिल्मले वितरक र प्रदर्शकलाई सजिलै आकषिर्त गर्यो । भारतीय टेलिभिजनको प्रत्यक्ष प्रभाव रहेका नेपाली बजारमा यो फिल्म आमिर खानको स्टारडम र अघिल्ला 'धुम' फिल्महरूले पाएको सफलताका कारण पनि धेरै पैसा कमाउने फिल्म थियो । यस्तो फिल्मसँग आपmनो फिल्म जुधाउन निर्माता तयार नहुनु र नेपाली फिल्मलाई कम प्राथमिकता दिएर यसलाई हलले बढी 'सो' दिनु व्यापारिक फाइदाका हिसाबले स्वाभाविक लाग्छ ।
यसअघि पनि मल्टिप्लेक्सहरूले ठूलो बजेटको हिन्दी फिल्म आउँदा नेपाली फिल्महरूलाई 'सो' नदिएको र चाँडै उतार्ने गरेको गुनासो सुनिने गरेको थियो । 'धुम-३' ले नेपालमा एकसाथ धेरै हलमा प्रदर्शन हुने फिल्मको रेकर्ड पनि बनाएको छ ।
यसको निर्माण कम्पनी यशराज फिल्मस्लाई ३ करोड २० लाख एड्भान्स कमिसन बुझाएर नेपालको वितरण अधिकार लिएको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरज पौडेलले देशभरका १ सय २० हलमा यो फिल्म चलेको बताए ।
नेपालका फिल्म हलमा डिजिटल प्रदर्शन सुरु भएपछि फिल्मको प्रदर्शनमा परिवर्तन आएको हो । नयाँ-नयाँ खुलेका मल्टिप्लेक्सहरूले दिने सुविधाका कारण दर्शक आकषिर्त भएपछि महँगो टिकटमा फिल्म देखाउने यी हलप्रति निर्माता/वितरक पनि तानिएका छन् ।
डिजिटल प्रविधिबाट बनेका प्रायः नेपाली फिल्म यस्तै हलमा चल्छन् । पछिल्ला वर्षहरूमा असीदेखि नब्बे प्रतिशत जति फिल्म डिजिटल प्रविधिमा बन्न थालेका छन् । यसरी मल्टिप्लेक्स र डिजिटल प्रदर्शन व्यवस्था भएका हलमा नेपाली फिल्म र हिन्दी फिल्मको सीधै द्वन्द्व छ । हिन्दी फिल्मको एकसाथ यति ठूलो प्रदर्शनले नेपाली फिल्मको बजारलाई हिन्दी फिल्मले थप धक्का दिने देखिएको छ । राजधानीका गोपीकृष्ण र क्यूएफएक्सले सुरुआती केही दिनमा 'धुम-३' को टिकट मूल्य अरू फिल्मको भन्दा बढी राखेका थिए ।
बुधबार राजधानीका तीन ठूला मल्टिप्लेक्स फिल्म हल क्यूएफएक्स, बिग मुभिज र एफक्युबका जम्मा ४४ मध्ये ४३ 'सो' 'धुम-३' चलेको थियो । क्यूएफएक्सअन्तर्गतको सिभिल मलमा एक 'सो' हलिउड एनिमेसन फिल्म 'प|mोजन' चलेको थियो । यो शुक्रबार बलिउडमा पनि ठूलो फिल्म रिलिज हुँदै छैन ।
'हाम्रो चलाउने फिल्मको पाइपलाइनमा अहिलेलाई नेपाली फिल्म छैन,' क्यूएफएक्सका सीईओ रोशन अडिगाले भने । फिल्म बनाएका निर्माता 'डेट' लिन नआएको र आफूहरूको निर्माणको कुनै फिल्म तयार नभएको उनले बताए । 'धुम-३' आउनुअघि चलेको नेपाली फिल्म 'लोफर'ले सोचेजस्तो व्यापार गर्न सकेको थिएन ।
जाडोका कारण फिल्म नचल्ने ठानिए पनि क्रिसमस र अंग्रेजी नयाँ वर्षमा हिन्दी फिल्मको भने व्यापार बढ्ने वितरक मानन्धर बताउँछन् । 'तर, नेपाली फिल्मका निर्माताहरू यो बिदा छाडेर माघे संक्रान्तिको बिदा ताकेर बसेका न्,' उनले भने ।
माघे संक्रान्तिलाई मध्यनजर गर्दै '६ एकान ६', 'बितेका पल', 'योद्धा' र 'पराई' पुस २६ गते रिलिज हुँदैछन् ।
खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वतन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ । यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरुसँग जोडिएको छ ।
अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खान-पान र दैनिक गतिविधिमा थोरै परिर्वतन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लीनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वतन आवश्यक छैन, सानो परिर्वतन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण शियाका मानिसहरुको संस्कृतिलाई केन्दि्रत गरेर पहिलोपटक यो अध्ययन गरिएको बीबीसीले जनाएको छ ।
यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परिक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ ।
शोधकर्ताहरुका अनुसार खान-पान र कसरतसँग जोडिएको गतिविधिमा परिर्वतन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एशियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व दिइन्छ ।
दक्षिण एशियाका मानिसहरु कम उमेरमै मोटोपनसँग सम्वन्धित समस्यामा पर्ने खतरामा छन् । पाकिस्तान र भारतीयमा टाइट टु डाइबिटीज हुने सम्भावना अन्य एशियालीमा भन्दा बढी हुने पाइएको छ । जव कि वजन र लम्बाईको अनुपात अन्य मुलका मानिसको जस्तै हुन्छ ।
तीन वर्षसम्म चलेको यो अध्ययनमा स्कटल्याण्डमा बस्ने पाकिस्तानी र भारतीय मूलका १ सय ७१ मानिसलाई समावेश गरिएको थियो । जसलाई पहिले नै डाइबिटीज हुने आशंका बढी थियो ।
बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने सन् २०१३ बलिउडका लागि निक्कै फाइदाजनक छ । यो बर्षमात्र धुम ३, क्रिस ३, चेन्नई एक्सप्रेस जस्ता सिनेमाले बक्स अफिसमा कमाल नै मच्चाएका छन् । तर यि सिनेमाले स्तरियताको मापनमा भने असफलताको स्वाद चाखेका छन् । यस्ता खालका सिनेमाले विश्व बजारमा खासै प्रशंसा पाउँदैनन् । बलिउडका लागि यि सिनेमाको व्यापारले फाइदा पक्कै पनि पुग्छ । यो बर्ष प्रदर्शनमा आएका कम बजेटका चलचित्रले बक्स अफिसमा कमाल त मच्चाएका छन् नै प्रशंसा पनि पाएका छन् । यो सूचिमा आफ्नो जीवन धान्न यौन धन्दामा लाग्ने एक युवकको कथामा आधारित चलचित्र ‘बीए पास’ पर्दछ । सी ग्रेडको भनिएको यो चलचित्रको कथावस्तु र प्रस्तुतीलाई समिक्षकहरुले उत्कृष्ट भनेका छन् । यस्तै करण जोहर, अनुराग कश्यप, दिवाकर बनर्जी र जोया अख्तरले मिलेर बनाएको चलचित्र ‘बाँम्बे टाकिज’ले पनि बलिउडको इज्जत राखिदिएको छ ।
यो सिनेमा भित्र ४ वटा कहानी प्रस्तुत गरिएको थियो । फरहान अख्तरले अभिनय गरेको र बक्स अफिसमा कमाल मच्चाएको चलचित्र ‘भाग मिल्खा भाग’ प्रशंसा पाउन सफल अर्को सिनेमा हो । एथ्लेटिक खेलाडी मिल्खा सिंहको जीवनीमा आधारित यो चलचित्रले बलिउडलाई विश्व बजारमा चर्चित बनाएको थियो । अर्जुन रामपाल र चित्रंगदा सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘ईन्कार’ पनि चर्चामा रह्यो । यौन उत्पीडित एक यूवतीको कथामा यो सिनेमा बनेको छ ।
यस्तै चर्चा बटुल्न सफल अर्को सिनेमा हो ‘जोली एलएलबी’ । अदातलमा कानुनलाई कसरी दुरुपयोग गरिन्छ भन्ने बिषयमा यो सिनेमा बनेको छ । यि बाहेक ‘लिसन अमाया’, ‘लुटेरा’, ‘मेरे ड्याड का मारुती’, ‘रामलिला’ र ‘साहिद’ समिक्षकको साथ पाउने सिनेमा हुन् । यस्तै ‘शुद्धी देसी रोमान्स’, ‘स्पेशल २६’, ‘मदरास क्याफे’, ‘घनचक्कर’, ‘द लन्च बक्स’ र ‘फुक्रे’ले पनि बलिउडको ईज्जत जोगाएका छन् । यि सिनेमाहरुलाई यो अवार्डका लागि दाबेदार पनि मानिएको छ ।
बुट्टाबारी (झापा), पुस ७ - मनै चसक्क हुन्छ- कठ्यांगि्रँदो जाडो । त्यसमाथि खुला आकाशमुनि ओछ्यान । र, काखमा एकमहिने शिशु ।
बोल्न नसक्ने र अपांग सुत्केरी मनकुमारी चेम्जोङ एक महिने शिशु च्यापेर लगलग कापिरहेकी छन् । सँगै छन् पति लोकबहादुर गन्धर्व, जो चार वर्षकी अर्की छोरी सम्हालिरहेछन् । र, उनी पनि कठ्यांगि्रएर लगलगाइरहेछन् ।
झापा बुट्टाबारीस्थित काली मन्दिर अघिल्तिर दुइटा चौतारामध्ये एउटामा गन्धर्व परिवारको घर बनेको छ । चौतारोमै पकाउनु, खानु र सुत्नु दिनचर्या बनेको छ । यो परिवारले यसरी बिताएको आठ महिना नाघिसकेको छ । 'गर्मीमा त खासै समस्या थिएन, जाडोमा रात काट्न साह्रै कठिन हुँदोरहेछ,' ४८ वर्षे लोकबहादुरले दुखेसो पोखे, 'त्यसमाथि भर्खर जन्मेकी छोरीलाई जाडोबाट लुकाउने पो कसरी !'
आङमा पर्याप्त कपडा नहुँदा सुत्केरी र शिशुलाई बढी पीडा भएको छ । सिमेन्टीको चिसोले मनकुमारी सुन्निएकी छन् । शिशुको पनि शरीरमा चिसो गडेको छ । मनकारीले दिएका केही पुराना कपडाका भरमा उनीहरू छन् । लोकबहादुरलाई सारंगी बजाएर उठेको थोरै रकमबाट परिवार धान्नु परेको छ । बिर्तामोड नजिकै डेरामा बस्दै आएको यो परिवार भाडा तिर्न नसक्दा चौतारोमा बस्न बाध्य भएको हो । 'थोरै पैसाले भाडा तिर्न र खान पुगेन,' लोकबहादुरले बिलौना गरे, 'त्यसपछि भाडा तिर्न पनि नपर्ने ठाउँ खोज्दै जाँदा यहाँ आइपुगियो ।'
पत्नी बोल्न नसक्ने र अपांग भएकाले परिवार धान्ने जिम्मा उनैको काँधमा छ । मनकुमारीले गत महिना यही चौतारोमा दोस्रो छोरी जन्माएकी हुन् । अस्पतालको मुखसम्म नदेखेकी उनले सुत्केरी बेला करिब ५ घन्टा प्रसव पीडा सहनु परेको थियो । तर, अहोभाग्य उनले स्वस्थ शिशु जन्माइन् ।
'सुत्केरी हुने बेलामा उनलाई धेरै पीडा भयो', लोकबहादुर भन्छन्, 'तर, हाम्रो पीडा कसले सुनिदिने ।' उनले सुत्केरीले पाउनुपर्ने आहार र स्याहार पाउन सकेकी छैनन् । 'एक छाक मासु ल्याएर ख्वाउन सकेको छैन,' लोकबहादुर भक्कानिन्छन् ।
करिब १० वर्षअघि शरणार्थी महिला मनकुमारीसँग भोजपुरे लोकबहादुरले अन्तरजातीय बिहे गरेका हुन् । लोकबहादुरलाई अपांग महिलासँग बिहे गरेको र मनकुमारीलाई चाहिँ दलितसँग बिहे गरेको भन्दै अभिभावकले लखेटेका हुन् ।
काठमाडौ, पुस ७ - एमाओवादीले आफू संविधानसभामा जाने एउटा सर्तका रूपमा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन छिटो हुनुपर्ने प्रस्ताव अघि सारेको छ । विगतका सहमतिलाई कार्यान्वयन गर्दै आयोग छिटो बन्नुपर्ने उसको जोड छ ।
संविधानसभामा आफ्नो उपस्थिति कमजोर हुने भएपछि एमाओवादीले आयोग बन्न जति ढिलाइ भयो, त्यति आफ्ना नेता तथा कार्यकर्ता द्वन्द्वकालीन मुद्दामा समातिने खतरा भएको आशंका गर्दै यस्तो जोड दिएको हो । हालै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको घटनामा एमाओवादी कार्यकर्ता समातिएलगत्तै उसले आयोग गठन छिटो हुनुपर्ने भनेको हो ।
एमाओवादीले आयोग गठनका लागि ठूलो दल कांग्रेससँग विशेष छलफल अघि बढाएको छ । द्वन्द्वकालका घटनामा 'मेलमिलाप' मुख्य उद्देश्यसहित आयोग बनाउन कांग्रेससित छलफल केन्दि्रत भएको उसले जनाएको छ । एमाओवादी नेता कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अभिन्न अंग सत्य निरूपण तथा मेलमिलाप आयोग भएकाले त्यसको छिटो गठन हुनुपर्ने बताए । 'आयोग गठन गर्ने कुरामा पार्टीहरू नकारात्मक हुन्छन् भन्ने लागेको छैन' उनले कान्तिपुरसँग भने, 'आयोगले सत्य निरूपण गरी मेलमिलापतिर लानुपर्छ ।'
सशस्त्र युद्धका जघन्य घटनामा संलग्नलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा दलहरूबीच विगतमा कुरा मिल्न सकेको थिएन । एमालेले त्यस्ता घटनामा संलग्नलाई माफी दिन नहुने अडान राख्दै आएको छ । युद्धमा सरकारको नेतृत्व गरेको हैसियतले कांग्रेस र विद्रोहीका हैसियतले माओवादी संलग्न भएकाले दुवै दलले आयोग मेलमिलाप उन्मुख हुने गरी बनाउन चाहेका छन् ।
एमाओवादीको हरेक शनिबार हुने पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले आयोगले द्वन्द्वकालीन पक्षहरू मिल्ने वातावरण बनाउनुपर्ने बताए । 'एकथरी दल कारबाही उन्मुख हुने गरी आयोग बनाउनुपर्ने
भनका छन्,' उनले भने, 'हामी मेलमिलाप उन्मुख हुनेगरी गठन हुनुपर्छ भनेका छौं ।'
पुस ७ - अंग्रेजी क्यालेन्डरले वर्ष २०१३ लाई बाई-बाई गर्न एक साता मात्रै बाँकी छ । त्यसैले पनि विदेशमा विभिन्न शीर्षकमा रहेर वर्ष समीक्षाहरू आउने क्रम सुरु भएको छ । बलिउड समाचार र गसिप सम्बन्धी एक अनलाइन अपुनका च्वाइस डटकमले आफ्ना भिजिटरसँग रुचाइएको उत्कृष्ट नायिकाको सर्वेक्ष्ाण गरेको थियो । जसमा सात नायिकाले मात्रै मत
पाएका छन् ।
झन्डै तीन हजारले सहभागिता जनाएको उक्त सर्वेक्षणमा दिपीका पादुकोणले सबैलाई उछिन्दै रुचाइएकी नायिका बनेकी छन् । दिपीकाका यस वर्ष आएका तिनै फिल्मले बक्सअफिसमा सय करोड क्लब ज्वाइन गरेका थिए । जसमा शाहरुख खानसँगको 'चेन्नाई एक्सप्रेस', रणवीर कपुरसँगको 'ए जवानी है दिवानी' र रणवीर सिंहसँगको 'राम-लीला'
छन् । 'बम्बे टाकिज' भने उनको एक गीतमा मात्रै उपस्थिति थियो । प्रेमी रणवीर कपुरसँगको ब्रेकअपपछि भने उनको भाग्य खुलेको छ । दिपीकालाई ४२ प्रतिशतले आफ्नो रुचिको नायिकाको लागि भोट हालेका हुन् । उता, वर्षभर दुई फिल्म र त्यो पनि सुपरफ्लप फिल्म मात्रै दिएर पनि करिना कपुरले दिपीकालाई कडा टक्कर दिएकी छन् ।
सूचीमा दोस्रो भए पनि उनी दिपीकाभन्दा दुई प्रतिशत मतले मात्रै पछि परेकी छन् । जब कि करिनाका दुवै फिल्म 'सत्याग्रह' र 'गोरी तेरे प्यार मै' दुवै फिल्मले हावा खाएका थिए भने 'बम्बे टाकिज'ले मात्रै उनलाई केही राहत दिएको थियो ।
नायक सैफ अली खानलाई पति बनाएपछि पनि उनलाई रुचाउने फ्यानमा यो वर्ष कमी आएको देखिएन ।
दिपीका र करिनाले नै ८२ प्रतिशत मतमा कब्जा जमाएपछि बाँकी नायिकाले दोहोरो अंकसमेत जोड्न पाएनन् । समीक्षकको नजरमा रुचाइएको 'द लन्चबक्स' की निम्रत कौर र वर्षको सफल लभस्टोरी फिल्म 'आशिकी २' की श्रद्धा कपुरले समान सात प्रतिशत मत पाएका थिए भने 'रांझणा' र 'भाग मिल्खा भाग' की सोनाम कपुर तथा 'लुटेरा'की सोनाक्षी सिन्हाले पनि फ्यानको मन जित्न सकेनन् । दुवैले समान दुई प्रतिशत मतमा चित्त बुझाए । फिल्म 'बीए पास' की नायिका शिल्पा शुक्लाले एक प्रतिशत मात्रै मत पाएर सूचीमा आफूलाई देखाउन मात्रै सकिन् ।
उता, सोही अनलाइनले गरिरहेको हट अनस्त्रिmन जोडीमा पनि दिपीकाले नै बाजी मारेकी छन् । नायक रणवीर सिंहसँगको 'राम-लीला' जोडी र शाहरुखसँगको 'चेन्नाई एक्सप्रेस' जोडी दुवैलाई अत्यधिक रुचाइएको छ । अनलाइन सर्वेक्षण जारी रहँदा 'चेन्नाई एक्सप्रेस' को शाखरुखसँगको उनको अनस्त्रिmन जोडीलाई २७ प्रतिशतले सर्वाधिक हट मानेका छन् । रणवीरसँगको जोडीले पनि २६ प्रतिशत मत पाउँदै पहिलो स्थानको लागि प्रतिस्पर्धा बढाएको
छ । तेस्रो हट जोडीमा भने 'आशिकी २' का जोडी आदित्यरोय कपुर र श्रद्धा कपुरले १८ प्रतिशत मत पाइसकेका छन् ।
त्यसबाहेक दिपीकाकै रणवीर कपुरसँगको 'ए जवानी है दिवानी' जोडीलाई १३ प्रतिशतले हट मानेका छन् भने 'रांझणा' जोडी सोनाम कपुर र धनुषलाई ४ प्रतिशतले
मात्रै । रणवीर सिंहलाई दिपीकासँग रुचाएका फ्यानले 'लुटेरा' की सोनाक्षी सिन्हासँग भने
एक प्रतिशत मात्रै भोट दिएका छन् ।
काठमाडौ, पुस - चिनियाँ भाषाको चाइनाडेली समाचार साइट पढ्न अब त्यही भाषा/लिपि सिक्नु पर्दैन । कान्तिपुर दैनिकको नेपाली संस्करण कोरियाली नागरिकले आफ्नै भाषामा पढ्न सक्ने दिन आएका छन् । धन्यवाद गुगल इंकलाई, जसले आफ्नो प्रोडक्ट गुगल ट्रान्सलेटमा नेपाली भाषालाई समावेश गरेर एक/अर्को भाषा नबुझ्नेलाई ठूलो गुन लगायो ।
सर्च इन्जिनमा विश्व बजार हल्लाइरहेको गुगलले आफ्नो ट्रान्सलेट सिस्टममा नेपाली भाषालाई अघिल्लो साता थपेको छ । पछिल्लो पटक उसले मेसिनले ट्रान्सलेट गर्ने भाषाको संख्या थपेर ८० पुर्याउँदा नेपाली भाषाले समेत यो अवसर पाएको हो । गुगलको दाबीमा नेपाल र भारतमा रहेका १ करोड ७० लाख जनसंख्याको मातृभाषा हो नेपाली ।
उसले दाबी गरेभन्दा फरक भारत, भुटान र बर्माका केही भागमा नेपाली भाषा मातृभाषाका रूपमा बोलिन्छ । पछिल्लोपटक अघिल्लो सातामात्र गुगल ट्रान्सलेटमा थपिएका भाषामा अपि|mकामा बोलिने भाषाहरू हौसा, ग्ल्बो, योरुबा, सोमाली, जुलु तथा एसियाली भाषाहरू मंगोलियन, पञ्जाबी र न्युजिल्यान्डको माओरी छन् । गुगल ट्रान्सलेटले शब्द, वाक्य वा कुनै लिखित डकुमेन्टको मात्र ट्रान्सलेट गर्दैन ।
यसले विश्वभर रहेका अरू ८९ भाषाका वेबसाइटलाई नेपालीमा देखाइदिन्छ । त्यस्तै विश्वभर रहेका अरू भाषाभाषीले नेपाली भाषाको वेबसाइटलाई ट्रान्सलेट गरेर आफ्नो भाषामा पढ्न सक्छन् । यसले शब्द नाम, सर्वनाम, विशेषणलगायत कुन कोटीको भनेर पनि देखाउँछ । त्यसको उस्तै अर्थ लाग्ने शब्द -सिनोनिम) पनि बताउँछ । गुगल ट्रान्सलेट गुगलले विकास गरेको प|mी टुल हो ।
यसलाई ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने सामग्री एउटा कोठामा राखेपछि अर्को कोठामा अनुवादसहित देखाइदिन्छ । गुगलको ट्रान्सलेटलाई नेपाली भाषासमेत प्रवेश गराउन कम्प्युटर इन्जिनियर सरोज ढकाललगायतको टिमले सहयोग गरिरहेको छ । गुगलका सबै प्रोडक्टको नेपालसँग सम्बन्धित काम कन्ट्री इन्जिनियरिङ कन्सल्टेन्टका रूपमा ढकालले हेर्छन् ।
गुगलका प्राेडक्टलाई कसरी नेपालीभाषी मैत्री बनाउने प्लानिङमा व्यस्त उनले गुुगलको इथिकका कारण ट्रान्सलेटमा नेपाली भाषा थप्ने अवस्थासम्मको प्रक्रियाबारे भने बताउन नसक्ने बाध्यता दर्शाए । गुगल ट्रान्सलेट मेसिनले काम गर्ने तरिका कुनै व्यक्तिलाई नयाँ भाषा सिकाउने तरिका जस्तै छ ।
गुगल सिस्टम ब्लग साइटका अनुसार जसरी नयाँ व्यक्तिलाई शब्दका अर्थ, व्याकरणिक नियम र वाक्य गठन कसरी हुन्छ भनेर सिकाइन्छ, त्यसै गरी कम्प्युटरले पनि विदेशी भाषा सिक्छ । भाषा सिक्ने तरिका त्यति सजिलो भने छैन । गुगलले गर्ने अरू भाषाको नेपाली अनुवाद पूर्ण भने छैन । उसले अहिले शब्दपिच्छेको अर्थलाई एकीकृत गरेर मात्र देखाउँछ ।
यहाँ क्लिक गरी पूरा पढनुहोस्
बैतडी, पुस - पोलियो रोग उन्मुलन गर्ने उद्देश्यले आज र भोली (शनिबार र आइतबार) देशभरका झण्डै ७ लाख बालवालिकालाई पालियो थोपा खुवाईदै छ ।
जन्मेदेखि ५ वर्षमूनिका वालवालिकालाई पोलियो थोपा खुवाइन लागेको हो । आगामी फेब्रुअरी १२ तारिखका दिन नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गर्ने तयारी भईरहेको छ ।
१५ वर्षदेखि पोलियो रोग विरुद्धको 'पोलियो थोपा' औषधी खुवाईदै आएको छ । ३ वर्षयता नेपालमा पोलियो संक्रमित भेटिएका छैनन् । बैतडीमा ५ वर्षमूनिका ४१ हजार बालवालिका पोलियो थोपा खाने
सूचीमा छन् । छुटेका बालवालिकालाई महिला स्वास्थ्य स्वयंसेविका मार्फत घरमै गएर आइतबार थोपा दिने व्यवस्था गरेको छ ।
काठमाडौ, पुस ६ - विश्वकप फुटबलको ट्रफी नेपालमा पहिलोपल्ट शनिबार आउँदैछ । ब्राजिलमा अर्को वर्ष हुने विश्वकपको पूर्वसन्ध्यामा ट्रफीलाई विभिन्न देशका सहर घुमाउने क्रममा नेपालमा पनि ट्रफी ल्याउन लागिएको हो । पेय पदार्थ कोकाकोलामार्फत ट्रफी नेपालमा ल्याउन लागिएको हो ।
ट्रफी बिहान ९ बजे भुटानबाट नेपाल आइपुग्ने कोककोलाका पदाधिकारीले जानकारी दिए । उनका अनुसार विश्व फुटबल महासंघ (फिफा) को प्राइभेट जेटमा ल्याइने ट्रफीसँगै विश्वकप विजेता टिमका कप्तान हुनेछन् । को कप्तान ट्रफीसँगै आउनेछन् भन्नेचाहिँ शनिबार दिउँसो दशरथ रंगशालामा थाहा हुनेछ ।
ट्रफीबारे सुरक्षाको कारण देखाउँदै कोकाकोला नेपालले केही बोल्न चाहेको छैन । ट्रफी र अन्य जानकारी शनिबार दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा जानकारी दिने कोकाकोलाका पदाधिकारीले बताए । कार्यक्रमका लागि कोक नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग यसअघि नै सहकार्य गरिसकेको छ । ट्रफीलाई विजेता टिमका कप्तान र कुनै पनि देशका राष्ट्रप्रमुखले मात्र छुन वा हातमा लिन पाउनेछन् ।
राष्ट्रपति डा. रामवरण यादवले उक्त ट्रफी उचाल्ने कार्यक्रम पनि रहेको छ । स्रोतका अनुसार ट्रफी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रदर्शन गरिनेछ । ट्रफी कतार, यूएई, बंगलादेश, भुटान हुँदै नेपाल आउन लागेको हो । नेपालबाट ट्रफी भारत, म्यानमार, थाइल्यान्ड, भियतनाम हँुदै जानेछ । फिफाले कोकाकोलासँग मिलेर थालेको ट्रफी टुर यसपल्ट २ सय ६७ दिनको रहेको छ । त्यसमा ८९ राष्ट्रका जनताले यसपल्ट ट्रफी हेर्न पाउनेछन् ।
विश्वकप फुटबल सन् १९३० मा उरुग्वेबाट सुरु भएको हो । फुटबलको विश्वकप ट्रफी १८ क्यारेट सुनको रहेको छ । ट्रफीको उचाइ ११ दशमलव ४ इन्च छ । यसको तौल ५ केजी छ । त्यसको मूल्य करिब १ करोड डलर बराबर छ । ब्राजिलमा सन् २०१४ को जून १२ देखि जुलाई १३ सम्म विश्वका उत्कृष्ट ३२ फुटबल टिमले यही ट्रफीका लागि संघर्ष गर्नेछन् । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन स्पेन हो ।
कोक नेपालले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर राखेर दशरथ रंगशालामा प्रहरीलगायत विभिन्न सुरक्षा निकायको सहयोगमा बाटोहरू शुक्रबारै बनाएको छ । चार लेयरको सुरक्षा प्रणाली अपनाइने भएको छ । आइतबार भारत प्रस्थात गर्ने ट्रफी कोकका विभिन्न स्किमका भाग्यमानी विजेता, नेपालका खेलाडी, नेपाल सरकारका उच्च पदाधिकारीलगायत विभिन्न सर्वसाधारणले हेर्ने अवसर पाउनेछन् ।
काठमाडौ, पुस ६ - २०१३ को अन्त्य तिर रिलिज भएको धुम ३ ले यसबेला बलिउडमा धुम मच्चाइरहेको छ । हिजो शुक्रबार रिलिज भएको धुम ३ ले यसअघि बलिउडमा प्रर्दशन गरेका फिल्महरुको रेकर्ड तोडदै बक्स अफिसमा धुम मच्चाएको हाे।
प्रर्दशनकै दिन धुम ३ ले ३६ करोडको व्यापार गरिसकेको छ । उसले फिल्म रिलिजकै दिन गरेको यो व्यापारले अन्य फिल्महरुलाई पछाडि धकेलिदिएको हो ।
धुम ३ रिलिजकै दिन हलहरुमा शतप्रतिशत हाउसफुल भएको भारतीय संचार माध्यमले उल्ल्लेख गरेका छन् । पहिलो दिनमै धुमले ३२ करोड हिन्दीबाट मात्रै कलेक्सन गरेको छ । यो फिल्म तामिल र तेलगु भाषामा समेत अनुवाद गरिएको छ ।
यसअघि बलिउडमा सर्वाधिक व्यापार गरी बक्स अफिसको कलेक्सनमा अघि देखिएका चेन्नाई एक्सप्रेस र क्रिस ३ लाई धुम३ ले पछारेको हो । क्रिसले पहिलो दिनमा ३५.९१ करोड र चन्नाईले ३३.१० करोडको व्यापार गरेको थियो । यो व्यापारको आकलनले बलिउडमै अहिलेसम्म भएको बक्स अफिसलाई ब्रेक दिने पक्का छ ।
भारत लगायतका अन्तर्राष्टिय फिल्म हलहरुमा समेत धुम ३ ले राम्रो प्रर्दशन गरेको छ । नेपाली सिनेमा हल तथा मल्टिप्लेक्सहरुमा पनि प्रर्दशनकै दिन हाउसफुल भएको थियो । धुम ३ 'धुम'को सिक्वल हो । यसअघिको निर्माण गरिएको धुममा जोन अब्राहम र धुम २ मा ऋतिक रोशनको मुख्य अभिनय रहेको छ ।
यशराज ब्यानरद्वारा निर्माण गरिएको धुम ३ का मुख्य पात्र आमिर खान, कटि्रना कैफ, अभिसेक बच्चन, ज्याकी श्राप, उदय चोपडा लगायतको भूमिका छ ।
धुम ३ का समीक्षकहरुले ५ मा ४ रेटिङ दिएका छन् ।
सागसब्जीहरुमध्ये कांक्राको खेती धेरै स्थानमा हुन्छ । यो धेरै खेती हुने तरकारीमा चौथो नम्बरमा पर्छ । स्वास्थ्यका आधारमा पनि यो लाभदायक भोजन हो । कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसलेे डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ ।
कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । यदि पानी पाउन जाने समय छैन र नजिकै कांक्रा छ भने खानुस् । यसमा ९० प्रतिशत पानी पाइन्छ ।
दैनिक कांक्रा खानाले शरीरमा आवश्यक पर्ने पानी मात्र पुग्दैन, कब्जियतको समस्या पनि हटाउँछ ।
कांक्रा खानाले सामान्य व्यक्तिलाई दैनिक आवश्यक पर्ने भिटामिन सी पाइन्छ ।
यदि तपाईलाई कांक्रा खान मन लाग्दैन भनेर काटेर आँखामा बाहिरबाट लगाएहुन्छ । यसले आँखाको आसपास हुने कालो घेरा हटाउन मदत गर्छ ।
नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।
बलिउडमा चर्चित मानिएका स्टारहरुको सिनेमा हेर्न दर्शकले भारी रकम चुकाउनु परेको छ । साहरुख खान, सलमान खानको सिनेमाको टिकट दर सधै नै उच्च हुने गरेको छ । यसैबिच भारतको बक्स अफिसमा एक पछि अर्को सिनेमा असफल भैरहेको समयमा प्रदर्शनमा आएको आमिर खान अभिनित चलचित्र ‘धुम ३’ हेर्नका लागि दर्शकले महंगो रकम तिर्नुपर्ने भएको छ ।
यो चलचित्रको टिकट दर मल्टीप्लेक्सहरुमा ९ सय सम्म पुर्याएको बताइएको छ । आमिर खान र ‘धुम ३’ प्रति दर्शकको उत्साह देखेर भारतका मल्टिप्लेक्स मालिकहरुले टिकट दर ह्वात्तै बढाएका हुन् । चलचित्रको बिहानी शो हेर्न ५ सय सम्म र अन्य शो हेर्न ९ सय सम्मको टिकट काट्नु पर्ने भएको छ । चलचित्रको एडभान्स बुकिङ निक्कै राम्रो भएकाले पनि विकेन्डमै १ सय करोड कमाउने आशा गरिएको छ ।
यसैबिच नेपालमा भने ‘धुम ३’ को अधिकार गोपिकृष्णले किनेको छ । श्रोतका अनुसार गोपिकृष्णले २ करोडमा यसको अधिकार किनेको हो । यसअघि साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ नेपालमा करिब ८० लाखको हारहारीमा किनिएको थियो ।
काठमाडौ, पुस ५ - न्यानो पार्न बायो बिक्रेट बालेर कपनको एउटा कोठामा गत शुक्रबार सुतेका दुई युवा पुनः ब्युँझिएनन् । त्यही 'न्यानो' उनीहरूको काल बन्यो । हावा राम्ररी पास नहुने कोठामा उनीहरूको निसासिएर मृत्यु भयो ।
नगरकोटको होटलमा मृत पाइएका दुई चिनियाँ नागरिकको मृत्युको कारण पनि गुम्सिएको ग्यास नै भएको पाइएको छ । त्यसबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ, जसको विषाक्त प्रभावले ज्यानै लिन्छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्ती त्यसैले सचेत रहन सबैलाई सल्लाह दिन्छन् ।
विज्ञहरूका अनुसार चिसो याममा झ्याल-ढोका लगाएर वा राम्ररी हावा आउ-जाउ गर्न नसक्ने ठाउँमा आगो बाल्दा यस्ता दुर्घटना हुन्छन् । मट्टतिेल स्टोभ, हिटिङ सिस्टम, जेनरेटर, चुरोट, इन्धन हिटर, ग्यास गिजर, ग्यास स्टोभ आदिबाट पनि कार्बन मोनोअक्साइड निस्कन्छ । गुम्सिने ठाउँमा ती बालेर बस्नु हुँदैन ।
'यो ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्तिले कराउन पनि सक्दैन,' डा. वस्ती भन्छन्, 'अन्ततः लठ्ठ परेर मृत्यु नै हुन्छ ।' आगो ताप्नै परे झ्याल खुला राख्न र सुत्नुअघि निभाउन उनले सुझाव दिए । उनका अनुसार विद्युत् हिटर चलाउँदा पनि झ्याल खुला राख्नुपर्छ ।
ग्यास गिजर भएका बाथरुममा हावा ओहोर-दोहोर गर्न झ्याल खुल्ला हुनैपर्ने उनले बताए । गत वर्ष ग्यास गिजरको गुम्स्याइले दुई जनाको मृत्यु भएको थियो । कार्बन मोनोअक्साइड रंगहीन, गन्धहीन ग्यास रहेको जानकारी दिँदै त्रिवि केन्द्रीय विभागका रसायन शास्त्री प्रा डा. विनय झा भन्छन्, 'यो कार्बनडाइ अक्साइडभन्दा खतरनाक हुन्छ ।'
काठमाडौ, पुस ५ - कांग्रेस केन्द्रीय समिति बैठक समानुपातिक सभासद छनोटमा केन्द्रित भएको छ । त्यस क्रममा पुरानालाई नदोहोर्याउन तीव्र आवाज उठेको छ ।
केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्ने अधिकांशले दोहोर्याएर कसैलाई सभासद नबनाउन दबाब दिए । चुनावपछि पार्टी केन्द्रीय समितिमा छलफलै नगरी अरू दलहरूसित अपारदर्शी ढंगले आफू खुसी वार्ता गरेकामा पनि बैठकमा नेतृत्वको आलोचना भयो ।
बैठकमा बोल्ने अधिकांशले नेताको निवास धाउने 'चाकरीदार' लाई होइन पार्टीलाई जिताउन जनताका घर-घरमा पुग्ने वफादार, क्षमतावान पुराना र युवा नेता तथा कार्यकर्तालाई संविधानसभामा पठाउन माग राखेको सदस्य नारायण खड्काले बताए ।
उनीहरूले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न र प्रतिपक्षीको आक्रमणलाई प्रतिवाद गर्न सक्ने तथा पार्टीमा योगदान भएकालाई प्राथमिकता दिन सुझाव दिए । भागबन्डा नगर्न चेतावनीसमेत दिए ।
समानुपातिक उम्मेदवार हुने तर पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने गतिविधिमा संलग्न रहेकालाई सभासद होइन कारबाही गर्नसमेत सदस्यहरूले माग गरे । उनीहरूले कांग्रेसभित्रको घातप्रतिघातले दर्जनौं क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवार पराजित भएको फेहरिस्त राख्दै त्यस्ता गतिविधिमा लाग्नेलाई कारबाही गर्न माग राखे ।
सदस्य मिन विश्वकर्माले घातअन्तरघातका कारण पार्टीले २२ र टिकट वितरणमा देखिएको समस्याका कारण १५ स्थानमा हारेको उदाहरण प्रस्तुत गरेका थिए ।
दाङ १ बाट विजयी पार्वती डीसी चौधरी र ५ बाट विजयी दीपक गिरीले अन्तरघातका बीच पनि आफूहरूले जितेको बताएका थिए । अर्का सदस्य दीपकुमार उपाध्यायले हारको कारण अन्तरघात भएको बताए ।
कांग्रेसमा संविधानसभा चुनावलगत्तै पार्टी केन्द्रीय समितिमा छलफलै नगरी अरू दलहरूसित अपारदर्शी ढंगले आफू खुसी वार्ता र छलफल गरेकामा नेतृत्वको तीव्र आलोचना भएको छ । बैठकमा बोल्ने धेरैजसोले नेताहरू पार्टीको निर्णयबिनै अरू दलसित वार्ता र छलफलमा सहभागी भएकामा आपत्ति जनाउँदै 'वार्तामा को को जाने भनेर कसले निर्णय गरेको हो ?' भन्दै प्रश्न उठाएका थिए ।
'अरू दलसित सरकार गठन, शक्तिको बाँडफाँड र संविधान निर्माणका लागि वार्तामा जानुअघि पार्टी बैठक बसेर एजेन्डा तय गर्नुपर्छ, पार्टीले नै औपचारिक रूपमा वार्ता कमिटी गठन गरी पारदर्शी ढंगले छलफल अघि बढाउनुपर्छ । लोकतान्त्रिक पार्टी अपारदर्शी हुनु हुँदैन,' त्यहाँको भनाइ उद्धृत गर्दै खड्काले भने ।
अधिकांश सदस्यले एक स्वरमा एक वर्षभित्र संविधान निर्माणको सुनिश्चितता र स्थानीय चुनाव गराउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन् । 'कांग्रेसलाई एक वर्षमा संविधान दिन्छ, स्थानीय चुनाव गराएर स्थानीय निकायमा भइरहेका भ्रष्टाचार अन्त्य गर्छ भनेर जनताले जिताएका हुन् । हामीले एक वर्षमा संविधानको सुनिश्चितता र स्थानीय चुनाव गराएर जनताको अपेक्षा पूरा गर्नुपर्छ,' बैठकमा बोल्नेहरूको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने । सुशासन दिन नसकेकै कारण अघिल्लो संविधानसभाको सबभन्दा ठूलो दल एमाओवादी तेस्रो पार्टी हुन पुगेको उल्लेख गर्दै सुशासन दिन नसके कांग्रेसको पनि त्यस्तै हविगत हुनेतर्फ नेताहरू सचेत हुनुपर्ने सुझाव दिएका थिए ।
पार्टी प्रतिपक्षमा बस्नुपर्ने सुझाव
कतिपय सदस्यले ठूलो पार्टी बनेको कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउनुभन्दा प्रतिपक्षमा बस्नु ठीक हुने सुझाव नेतृत्वलाई दिएका छन् । केन्द्रीय सदस्य विश्वकर्माले दलहरूले कांग्रेसलाई ठूलो पार्टीको हैसियतमा सहमतिको सरकारको नेतृत्व नदिए पार्टीमा प्रतिपक्षमा बस्ने प्रस्ताव राखेका हुन् । 'सहज ढंगले सहमतिको सरकार बनाउन पाउँदा हामीले सरकारको नेतृत्व गर्नु स्वाभाविक हो,' विश्वकर्माले भने, 'सहमति हुँदैन भने प्रतिपक्षमा बस्नुपर्छ । हामीलाई प्रतिपक्ष नै फाप्दो रहेछ ।' एमालेले सरकारको नेतृत्व गर्न र एमाओवादीलाई सहमतिमा ल्याउन असहयोग गरेको समेत उनको आरोप थियो । एमाओवादीले खरिपाटीमा भेला गरेर कांग्रेसलाई प्रधानशत्रु भन्नु र एमालेले बल्खुबाट कांग्रेससँग सहकार्यसँगै प्रतिस्पर्धा हुन्छ भन्नु 'रूपमा फरक भए पनि सारमा एकै हो' भन्दै विश्वकर्मा र रामचन्द्र तिवारीले भने, 'एमालेसँग प्रतिस्पर्धा नै गर्ने हो, प्रतिस्पर्धा गर्ने दलसँग मिलेर सरकार बनाउनुपर्छ भन्ने छैन ।'
राष्ट्रपतिमा विवाद र एमाओवादीलाई सहमतिमा ल्याउन बाधक बनेर राजनीतिक धोकाधडी गरिरहेको आरोपसमेत उनीहरूको थियो ।
सुशीलको क्षणिक खुसी
काठमाडौ, पुस ५ - मंसिर १७ गते । सोमबार । बेलुको समय । क्षेत्रपार्टीस्थिन राजस्थान होटलको लर्बीमा थिए, नवलपरासी मुकुन्दपुर-५ का सुशिल कडेंल ।
उनी कम्प्युटरमा नेट चलाउँदै थिए । त्यहि बेलामा यी १६ वर्षीय युवा क्रिकेटको समाचार पढें ।
त्यो समाचार थियो, यूएईमा डिसेम्बर २८ देखि ४ जनवरीसम्म हुने यू-१९ एसिया कप क्रिकेटको १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक भएको । त्यहि प्रतियोगिताका लागि नेपाली यू-१९ टिमको बन्द सत्रमा बसेका क्षेत्र नम्बर-८ पोखराका खेलाडी सुसिलले आफ्नो नाम पनि १५ भित्र नै अटाएको देखें ।
सिनियर दाई अमित श्रेष्ठसँगै रहेका स्पिनर सुसिल निकै खुसी भए । 'किनकी म पहिलो पल्ट राष्ट्रिय टिममा परेको थिए, त्यो भन्दा खुसीको कुरा के हुन सक्छ र,' बिहीबार घर फर्केका सुसिलले कान्तिपुरसँग भने ।
तर उनको त्यो खुसी केहि बेर पनि टिक्न सकेन । टिममा परेको थाहा भए लगतै उनी होटलबाट निस्किए र अमित र आफूलाई दुईटा जुस किने । जुससँगै दुई चक्लेट पनि फिर्ता आए । सुसिलले चकलेट खाए ।
'त्यो सिधै स्वास नलीमा गएर अडकयो,' सुसिल भन्छन्,'त्यो निकाल्नका लागि होटलमा अरूले सहयोग गरे । तर केही बढी घाटीमा जोड लागेछ ।' एकै क्षणको खुसी दुःखमा बदल्नुलाई उनले ब्याड-लकको संज्ञा दिए । 'यसमा कसैको पनि गल्ती छैन । सबैले सहयोग गर्न खोजेका हुन्,' उनले भने,'तर मेरै भाग्य साथ दिएन ।'
काठमाडौंको ग्रान्डी अस्पतालमा दुई साताको उपचारपछि उनी घर फर्किएका हुन् । उनलाई नेपाल क्रिकेट संघ -क्यान) मा आबद्ध डाक्टर श्रील भगत र ग्रान्डीका डाक्टर व्यापक पौडेलले करिब दुई महिनाको आराम गर्न भनेका छन् ।
'आराम पछि म फेरि क्रिकेटमा र्फकने छु,' सुसिलले आत्मविश्वासका साथ भन्छन्,'मैले हार खाएको छैन । यस पल्ट भाग्यले साथ दिएन । तर मेरो अर्को यू-१९ खेल्ने उमेर छ । फेरि मिहिनेत गरेर टिममा र्फकने छु ।'
सुसिलको स्थानमा मिडियम पेस बलर राहुल प्रताव सिंहलाई राख्न लागेको टिमका प्रशिक्षक जंगबहादुर थापाले बताए । उनले सुसिल राम्रो खेलाडी रहेको उल्लेख गर्दै भने,'त्यो घटना उसको लागि दुर्भाग्य पूर्ण रह्यो । तर सानो भए पनि उ बहादुर र सकारात्मक सोचको रहेछ । सर फेरि अर्को पल्ट टिममा खेल्छु भन्दै गयो ।' उनले थपे,'यस्तो पिडा कसैलाई पनि नपरोस् ।'
बिरगंज, पुस ३ - पर्सा प्रहरीले अवैध रुपमा ल्याएको ४ किलो सुन सहित एक रात्रि बसका चालकलाई बुधबार बिहान पक्राउ गरेको छ । काठमाडौंबाट आएको ना.४.ख २५२४ नम्बरको रात्रिबसका चालक दिनेश चौधरीलाई उक्त परिणामको सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिरगंज छिर्ने गण्डक नहर नजिकैको गण्डक प्रहरी चौकीले सुराकीका आधारमा आएको सूचना अनुसार बस रोकेर चेक जाँच गर्दा चालकबाट सुन बरामद भएको पर्साका एसपी धिरजप्रताप सिंहले बताए । थप अनुसन्धान भइरहेको उनले जनाएका छन् ।
यसअघि कात्तिक ५ मापनि बिरगंजको विर्ताबाट भारत तर्फ लैजाँदै गरेको १ किलो सुन सहित एक व्यवसायी पक्राउ परेका थिए ।
काठमाडौ, पुस - निर्देशक अनुराग कश्यप र नायिका कल्की कोचलिनको वैवाहिक सम्बन्ध टुक्रेको खबरलाई ओझेलमा पार्ने गरी यो साता अर्को सनसनीपूर्ण कुरो आयो, हृतिक रोशन र सुजैनको डिभोर्सको । शंका त पहिल्यैदेखि थियो । 'क्रिस ३' को सफलताको खुसीमा सुजैन कतै देखिएकी थिइनन् । यतिसम्म कि ससुरा राकेशको बर्थ डे पार्टीमा पनि उनी क्षणभरका लागि मात्रै झुल्केकी थिइन् ।
हृतिक र सुजैन बालसखा हुन् । १२ वर्षको छँदै हृतिकले उनलाई चिन्थे । तर पछि चार वर्षदेखिको अफेयरलाई सन् २००० मा उनले आधिकारिक बनाए । तर डिसेम्बर २० मा १३ औं म्यारिज एनिभर्सरी मनाउनुअघि नै डिभोर्स भएको छ ।
'सुजैनले अलग्गिने निर्णय गरेकी छन् र १७ वर्षदेखिको हाम्रो सम्बन्ध पनि सकिएको छ,' हृतिकले भने । यति भने पनि दुई छोराका यी अभिभावकलाई सजिलो भने पक्कै हुनेछैन । ३९ वषर्ीय नायक टाउको दुख्ने समस्याले पहिलेदेखि हायलकायल थिए । सर्जरीका लागि उनी विदेश जाने तयारीमा थिए । उनी सुजैनको बुटिक उद्घाटनका लागि रोकिएका थिए । तर सुजैन पतिका लागि रोकिइनन् । उपचारको परिणाम जेसुकै आउन सक्ने अवस्थामा पतिलाई थप समय र साथ दिनुपर्नेमा उनले डिभोर्स दिइन् ।
डिभोर्सको कारण भने दुवै पक्षले गुपचुप राखेका छन् । शंका भने अर्का नायक अर्जुन रामपालमा गएर ठोक्किएको छ । रोशन दम्पतीका निकट मित्र अर्जुनलाई सुजैन भड्काएको आरोप लागेको छ । अर्जुनले भने डिभोर्समा आफ्नो हात नरहेको जिकिर गरेका छन् । 'नजिकका साथीहरूको सम्बन्ध बिग्रँदा बढ्ता पीर पो लाग्छ छ,' उनले विज्ञप्तिमा भनेका छन् ।
हृतिक-सुजैन सम्बन्धमा पहिलेदेखि नै घरीघरी समस्या उब्जिरहेको थियो । पहिलो फिल्म 'कहो ना प्यार है' पछि हृतिकले सुजैनलाई भित्र्याउनुअघि नै दोस्रो फिल्म 'यादें' की को-स्टार करिना कपुरसँगको लिंकअप हल्ला चलेको थियो । हल्ला यति बढ्यो कि ससुरा सञ्जय खानले नै छोरीको हात हतारहतार हृतिकलाई सुम्पिए । पछि फेरि 'काइट्स' को-स्टार बारबारा मोरीसँग हृतिक नजिकिएपछि वैवाहिक सम्बन्धमा खटपट बढ्दै गयो । हृतिकले बारबाराको भाई किन्टरोलाई बलिउडमा स्थापित गर्न निकै लागि परेपछि सुजैनले घरै छोडेर पनि हिँडेकी थिइन् । पछि फर्किइन् ।
हृतिकको सम्बन्ध अन्य युवतीसँग बारम्बार जोडिन थालेपछि धरापमा परेको वैवाहिक सम्बन्ध यतिबेला भने सुजैनले नायक अर्जुन रामपालसँग नजिक्याएपछि टुक्रिएको पनि मानिएको छ, भलै सम्बन्धितले नकारेका हुन् । तीन महिनाअघि पनि सुजैनले घर छोडेर माइती गएकी थिइन् । बुबा सन्जय पनि पछिल्लो समय दुईको सम्बन्धलाई लिएर दुःखी थिए । 'अरू सामान्य दम्पतीकै जस्तै उनीहरूमा पनि समस्या नभएको होइन । हृतिक सुपरस्टार भएकै कारण निजी जीवनका लागि समय चाहिँदैन भन्ने होइन । उनीहरू दुवै जान्ने बुझ्ने छन् तर पनि एकअर्काबीचमा पनि आफ्नो संसार हुनु जरुरी थियो,' सञ्जयले हालै भनेका छन् ।
हलिउडमा सेलिबि्रटीको ब्रेकअप र रिलेसनसिप अब सामान्य बन्दै गए पनि बलिउडमा त्यस्तो प्राक्टिस अति कम छ । केही वर्षअघि आमिर खानको पनि पत्नी रिनासँगको ब्रेकअपले खैलाबैला मच्चिएको थियो । पछि उनले किरण रावलाई भित्र्याए । सैफ अली खानको पनि पहिलो विवाह असफल भएको थियो ।
हलिउडमा पनि हालै मोडल मिरान्डा केर र नायक ओर्लान्डो ब्लुम, डेमी मूर-एस्टिन कुचर, जेनिफर लोपेज-मार्क एन्थोनीको ब्रेकअप भएको थियो ।
काठमाडौ, मंसिर ३० - एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पार्टीका तर्फबाट प्रस्तुत गरिने एजेन्डाका विषयमा छलफल गरेको छ ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आज बस्ने प्रमुख दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डाको विषयमा छलफल गरेको सो पार्टीका नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।
उनले संविधानसभा निर्वाचनमा देखिएको संस्थागत, नीतिगत र संरचनागत धाँधलीको छानविन गर्नका लागि काँग्रेस र एमालेलगायत दल सहमत भए संविधानसभामा सहभागी हुने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए ।
उनले केन्दीय कार्यालयको बैठकले राजधानीमा उपलब्ध पूर्व पोलिटव्यूरो सदस्यको बैठक बोलाएको र सो बैठकले आजै दिउँसो बस्ने उच्चस्तरीय समितिको बैठकमा पार्टीका तर्फबाट प्रस्तुत गर्ने थप एजेन्डा तयार पार्ने जानकारी दिए । रासस
काठमाडौ, मंसिर ३० - निर्वाचन आयोगले पुष ८ गते भित्र राष्ट्रपति रामवरण यादवसमक्ष मंसिर ४ गते सम्पन्न संबिधान सभामा निर्वाचित सभासद्को सूची पठाउने तयारी गरेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ विजयी सभासद्को सूची राष्ट्रपतिलाई बुझाएपछि संबिधान सभा गठनको बाटो खुल्नेछ ।
चुनावपछि तेस्रो ठूलो पार्टी बनेको एमाओवादीसहित केही साना दलले 'धाँधली' छानबिनको लागि आयोग गठन नगरेसम्म समानुपातिक सभासद्को सूची नबुझाउने अडान लिइरहेको बेला आयोगले यस्तो तयारी गरेको हो ।
आयोगले राजनीतिक दललाई बुधबारसम्म समानुपातिक सभासद्को सूची बुझाउन म्याद दिएको छ । आयोगले निर्वाचनपछिको ठूलो दल कांग्रेसको अनुरोधमा समानुपातिक सभासदको सूची बुझाउने समय एक हप्ता थप गरेको थियो ।
अन्तरिम संबिधानको धारा ६९ मा आयोगले अन्तिम नामावली प्रकाशन गरेको २१ दिनभित्र प्रधानमन्त्रीको आह्वानमा संबिधानसभाको पहिलो वैठक वस्नुपर्ने व्यस्था छ ।
'एमाओवादीले समानुपातिक सभासद्को सूची नबुझाए के गर्ने भनेर अन्यौंलमा छौं', आयोग स्रोतले भन्यो,'एमाओवादीले सूची नबुझाए कानुनी द्विविधा उत्पन्न हुनेछ ।'
एमाओवादीसहित केही साना दलले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै छानबिनका लागि स्वतन्त्र आयोग नबनाएसम्म सभानुपातिक सभासद्को सूची नबुझाउने निर्णय गरेका छन् । एमाओवादीलाई सहमतिमा ल्याउन कांग्रेसले गरेको आग्रह अनुसार आयोगले सूची बुझाउने म्याद ७ दिन थपेको थियो ।
सभानुपातिक तर्फको ३३५ सिटका लागि ३० दलले छानिएका छन् । तीमध्ये ११ दलले मात्रै आयोगमा नामावली बुझाएका छन् । निर्वाचनपछि पहिलो र दोस्रो पार्टी बनेको कांग्रेस र एमालेले समेत आन्तरिक कलहका कारण समानुपातिक नामावली बुझाउन सकेका छैनन् ।
'पार्टीले बुझाएको नामावली कानुनमा व्यबस्था भए अनुसारको समानुपातिक छ/छैन जाँचेर मात्रै अन्तिम रुप दिन्छौं', प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले भने । उनले प्रमुख दललाई समानुपातिकतर्फ कम्तिमा ५० प्रतिशत महिलाको नाम सिफारिश गर्न पनि आग्रह गरे ।
कुनु (दक्षिण अफ्रिका), मंसिर ३० - शताब्दीकै महामानवको परिचय बनाएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति मन्डेलाको अहिले उनको पुर्ख्यौली भूमि कुनुमा अन्ति संस्कार हुँदैछ । अन्तिम संस्कारमा वेलायती राजकुमारसहित कुटनितिक नियोगका प्रतिनिधि पनि मण्डेलालाई अन्तिम श्रद्धाञ्जली दिन कुनु पुगेका छन् । मन्डेलाको ९५ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
कुनुस्थित पुर्ख्यौली घर नजिकै मण्डेलाको समाधी बनाइएको छ । हातमा राष्ट्रय झण्डा बोकेका हजारौ दक्षिण अफ्रिकीहरुले मण्डेलाको सम्मानमा नारा लगाइरहेका छन् ।
अल्पसंख्यक गोराहरूको शासनबाट दक्षिण अफ्रिकालाई मुक्त गर्न शान्तिपूर्ण संघर्षको नेतृत्व गर्दै मुलुकका प्रथम अश्वेत राष्ट्रपति बनेका मन्डेला संसारभर गौरव र सहनशीलताको प्रतीक मानिन्थे । केही महिनादेखि फोक्सोको संक्रमणबाट पीडित मन्डेलाको जोहानेसबर्गस्थित उनकै निवासमा निधन भएको हो । 'बदला हैन मेलमिलाप' भन्ने सन्देशसहित रंगभेदी आन्दोलनको शान्तिपूर्ण निकासका लागि उनले गरेको पहल र आफूलाई जेल पठाउने गोराहरूलाई आफू शक्तिमा पुगेपछि उनले दिएको क्षमादानबाट सिंगो विश्वले पे्ररणा पाएको छ ।
मन्डेलाले दक्षिण अफ्रिकामा लोकतान्त्रिक बहुजातीय सरकार बनाउन काला-गोराबीचको भेद पालेर बसेको सत्तासँग दीर्घकालीन संघर्ष गरेका थिए । उनले मानवता, समानता र न्यायको युद्धमा २७ वर्ष जेल जीवन बिताएका थिए । उनले अल्पसंख्यक गोरा समुदायविरुद्ध सन् १९६४ मा वैचारिक युद्ध थालेका थिए । मन्डेलाको अथक प्रयासका कारण सन् १९९० मा रंगभेद पक्षधर शासकको संसारभर विरोध हुन थालेपछि उनीहरू कालाविरोधी ऐनहरू हटाउन बाध्य भए ।
सोही साल उनी रिहा भएका थिए । मन्डेलाले दक्षिण अफ्रिकाबाट रंगभेद हटाएर सहभागितामूलक व्यवस्था स्थापना गरेका थिए । सन् १९९६ मा दक्षिण अफ्रिकाको नयाँ संविधान जारी गर्न मन्डेलाले नेतृत्वकारी भूमिका खेले । उक्त संविधानले बहुमतको आधारमा मजबुत केन्द्रीय सरकार गठनको व्यवस्था गर्दै गोरालगायत अल्पसंख्यकमाथि हुने विभेदलाई निषेध गर्यो । दक्षिण अफ्रिकाको संविधान अहिले पनि विश्वकै उत्कृष्टमध्येमा पर्छ ।
स्वतन्त्रताको निःस्वार्थ अभियानले मन्डेलालाई दक्षिण अफ्रिकाको राष्ट्रपतिसम्म पुर्याएको थियो । राष्ट्रपतिका रूपमा पहिलो कार्यकाल सकिएपछि उनले दोस्रो कार्यकाल नसम्हाली निर्वाचित उत्तराधिकारीलाई खुसीसाथ सत्ता हस्तान्तरण गरेका थिए ।
संघर्षका बेला मन्डेलाका समर्थकहरूलाई गोराहरूले निकै अपमान गरे, यातना दिए र उनका धेरै साथीको हत्या गरियो । उनलाई लामो जेल सजाय भयो ।
यस्तो अवस्थामा पनि मन्डेलामा द्वेषको भावना रत्तिभर रहेन । सरकार गठनको मौका पाउँदा पनि उनले त्यो द्वेषलाई झल्कन दिएनन् । सबै खाले जातजाति र विश्वास राख्ने मानिसहरूको फ्युजनका रूपमा उनले सरकार गठन गरे, जसमा उनलाई पहिला अत्याचार गर्नेहरू पनि समावेश थिए । उनले गोरा समुदायकै डे क्लार्कलाई आफू राष्ट्रपति हुँदा उपराष्ट्रपति बनाए ।
सोही योगदानका कारण मन्डेला र उनलाई सन् १९९३ को डिसेम्बरमा संयुक्त रूपमा नोबल शान्ति पुरस्कार दिइयो । 'एपरथेइड शासनको शान्तिपूर्ण अन्त्य र नयाँ लोकतन्त्रको आधारशिला स्थापना' का लागि यो पुरस्कार दिइएको हो । उनको कुशल नेतृत्वको पूर्वगोरा प्रतिद्वन्द्वीहरूले समेत प्रशंसा गरे ।
चर्चित हाँस्य सिरियल ‘तितो सत्य’का दुई चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौला बिचको सम्बन्धलाई लिएर सधै नै चर्चा हुने गरेको छ । दीपा र दीपकलाई हुन नसकेका श्रीमान् श्रीमती भन्नेहरुको पनि यहाँ कमी छैन ।तर दीपक यस्तो हल्लाको पछि नलाग्ने बताउँछन् । सम्बन्धलाई जे जस्तो अर्थ दिएपनि हुने तर्क राख्दै उनले दीपालाई आफ्नो आत्मिय साथीको परिचय दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले दीपाले बिहेको प्रस्ताव राखे अस्विकार गर्ने बताएका छन् । ठट्यौली पारामा दिपकले भने, ‘एउटै श्रीमती पाल्न त यती गाह्रो भएको अवस्थामा अर्को ल्याउने भन्ने त कुरा नै हुदैन ।’
दीपकले आफूले अरुको आखामा आँशु देख्न नसक्ने बताउँदै यसै कारणले हाँस्य सिरियल निर्माण गरेको बताएका छन् । दीपक र दीपाले अर्का कलाकार निर्मल शर्मासँग मिलेर बनाएको चलचित्र ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । अहिले यो टोली यसैको प्रचारको लागि दौडधुप गरिरहेको छ ।
बलिउडमा अभिनय भन्दा पनि विभिन्न खालका बयान दिएर चर्चामा आउन माहिर मानिन्छिन् राखी सावन्त । बिशेषगरी बलिउडका कलाकारलाई आफ्नो निशाना बनाएर राखी चर्चामा आएको पाइन्छ हालै मात्र बलिउडका अविवाहित नायक सलमान खानले आफू भर्जिन छु भनेर दिएको बयान प्रति राखीले मज्जैले जवाफ फर्काउकी छिन् । करण जोहरको चर्चित टक शो ‘कफी विथ करन’मा सलमानले आफू भर्जिन रहेको अभिव्यक्ती दिएका थिए ।
यो बयान प्रति जवाफ फर्काउँदै राखीले सलमान भर्जिन भए आफू पनि भर्जिन नै रहेको बताएकी हुन् । राखीले सलमानको यो बयान प्रति लामो हाँसो हाँस्दै उनलाई साहरुखले जस्तै एक सेरोगेट बच्चा हुर्काउन आग्रह गरेकी छिन् ।
काठमाडौं, मंसिर २९ - कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमालेले कांग्रेस हाराहारीको मत आएको भन्दै समान हैसियतको मान्न नमिल्ने बताएका छन् ।
एमालेकोभन्दा २१ सिट बढी आएको भन्दै महामन्त्री सिंहले कांग्रेस पहिलो र एमाले दोस्रो दल भएको नबिर्सन आग्रह गरे । 'एमालेले कांग्रेसको हाराहारी सिट आएको भनेर दाबी गर्न मिल्दैन,' बिजुलीबजारमा सभासद् सम्पर्क कार्यालय उद्घाटनपछि उनले भने, '२१ सिट बढी आएको कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी हो ।'
कांग्रेसले ठूलो पार्टी भएको दम्भ नगर्ने बताउँदै सिंहले एमाले र एमाओवादीसँग सहमतिमा संविधान जारी गर्ने भूमिका खेल्ने बताए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासहितको संविधानभन्दा पछाडि फर्कन नसकिने दोहोर्याए ।
महामन्त्री सिंहले एमाओवादीले भनेजस्तो धाँधली छानबिन आयोग गठन गर्न निमल्ने बताए । 'सार्वभौमसत्ता सम्पन्न निर्वाचन आयोगको कामको छानबिन कुनै आयोगले गर्न सक्दैन,' उनले भने । सिंहले चित्त नबुझेको विषयलाई संविधानसभामा राख्न एमाओवादीलाई आग्रह गरे ।
सिंहले खोले सभासद् सम्पर्क कार्यालय
काठमाडौं क्षेत्र नं. १ बाट ५२ दशमलव ३ प्रतिशत पाएर विजयी भएका सिंहले सभासद् सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
बिजुलीबजारमा पार्टी कार्यालय उद्घाटनपछि उनले क्षेत्रका समस्यालाई सम्पर्क कार्यालयमार्फत सम्बोधन गरिने बताए ।
सम्पर्क कार्यालय पुस ८ गतेदेखि दिउँसो १ देखि ४ बजेसम्म खुल्ने उनले जानकारी दिए । सिंहको चाक्सिबारीस्थित निवास भने काठमाडौं क्षेत्र नं. ७ मा पर्दछ ।
चुनाव प्रचारमा रहँदा निर्वाचित सभासद्सँग समस्या र गुनासा राख्न नपाएको भन्दै असन्तुष्टि राखेपछि सिंहले सम्पर्क कार्यालय खोल्ने प्रतिबद्धता जनाएका थिए ।
सिन्धुपाल्चोक, मंसिर २९ - लुकाईछिपाई तिब्बतको खासातर्फ लैजाँदै गरेको अन्दाजी ३ सय किलो रक्त चन्दन शुक्रबार राति सिन्धुपाल्चोकको बाह्रबिसे जंगलबाट बरामद गरिएको छ ।
इलाका प्रहरी बाह्रबिसेका निरीक्षक जयश्वर रिमालका अनुसार अरनीको राजमार्गबाट करिव ५ घण्टा पैदलपछि पुगिने स्थानीय चौरीखोर जंगलमा ११ वटा दवोरामा राखेको चन्दन राति १: ३० बजे बरामद भएको हो ।
प्रहरीका अनुसार उक्त चन्दन लामालामा टुक्रा बनाएर जंगलको पहरामा लुकाएर राखेको अवस्थामा वेवारिसे अवस्थामा फेला परेको हो । साइटिस सन्धि अनुसार रक्तचन्दनको ओसारपसार र बेचबिखनलाई बन्देज गरिएको छ ।
काठमाडौ, मंसिर २९ - निर्वाचनमा धाँदली भएको भन्दै एमाओवादी सहित केही दलले माग गरिरहेको उच्च स्तरीय छानविन आयोग गठन गर्ने/ नगर्ने विषयमा दलहरु आ-आफ्नो अडानमा कायम रहेपछि शनिबार बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठक निष्कर्षविहीन भएको छ ।
बबरमहलस्थित शान्ति सचिवालय कोषको कार्यालयमा बसेको समिति बैठकमा एमाओवादी र मधेसी दलको मागप्रति कांग्रेस-एमाले सहमत हुन नसकेपछि बैठक निष्कर्षविहीन भएको हो । समिति बैठक भोलि(आईतबार) अपरान्ह ४ बजेलाई पुनः बोलाइएको छ ।
कांग्रेस र एमालेले संसदीय समिति बनाउन सकिने प्रस्ताव गरेको छ । तर, एमाओवादी भने संविधानसभाले पूर्णता पाउनु पूर्व नै छानविन समिति गठनको अडानमा रहेको छ । आफूहरुको माग पूरा नभए एमाओवादी सहित केही मधेसी दलले समानुपातिक सूचीबाट उम्मेदवार हुनेहरुको नाम निर्वाचन आयोगमा नबुझाउने भन्दै आएको छ ।
काठमाडौ, मंसिर २९ - संविधानसभा-२ मा अनपेक्षित परिणाम आएपछि एमाओवादीले केही सर्त अघि सार्दै ती पूरा नभए संविधानसभामै नजाने चेतावनी दिँदै आएको छ । संविधानसभा निर्वाचन नै 'ग्रान्ड डिजाइन' अन्तर्गत भएको बताएर बहिष्कार गरेको नेकपा-माओवादीले त नयाँ संविधानसभाको विघटनको माग अघि सारेको छ । यस्तोमा के दुई माओवादी मिल्लान् ?
निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभा गठनअघि नै उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने भनी एमाओवादीले अघि सारेको सर्त कांग्रेस-एमालेले अस्वीकार गरिसकेका छन् । उनीहरूले एमाओवादीले उठाएका मागबारे संविधानसभाभित्रै छलफल गर्ने अडान लिएका छन् । तर साना दलसँग मोर्चाबन्दी गरेको एमाओवादीले शुक्रबार मोर्चाको बैठकपछि आयोग गठनको माग सम्बोधन नभए संविधानसभामा नजाने निर्णय दोहोर्याएको छ । कांग्रेसएमालेले पूर्वसर्त नमाने कि एमाओवादी लचक हुनुपर्छ कि संविधानसभाबाहिरै रहनुपर्ने हुन्छ । यस अवस्थामा दुई माओवादी नजिकिन सक्छन् । तर के तत्काल एकता नै गरेर अघि बढ्न सम्भव छ ?
माओवादी सचिव देव गुरुङ राजनीतिक कार्यदिशाका आधारमा पार्टीबीच एकता र विभाजन हुने बताउँछन् । 'हामीले यो संविधानसभाको निर्वाचनको प्रक्रिया नै गलत छ भनेर बहिष्कार गरेका हौं । एमाओवादी यो नै ठीक छ भनेर सहभागी भयो,' गुरुङले भने, 'उहाँहरू पनि यो प्रक्रिया गलत रहेछ भनेर बाहिरिनुभयो भने साझा मुद्दामा कार्यगत एकता हुनसक्छ । तर अहिल्यै पार्टी एकताको कुनै सम्भावना छैन ।' परिवर्तित परिस्थितिमा पार्टीको धारणा तय गर्न माओवादीको विस्तारित बैठक जारी छ । नेता गुरुङका अनुसार वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारसमेत गरी २ सय जना सहभागी भएकाले केही लम्बिएको बैठक शनिबार अबेरसम्म टुंगिने सम्भावना छ । बैठकमा अध्यक्ष मोहन वैद्यले संविधानसभा विघटन गरी उच्चअधिकार सम्पन्न सर्वपक्षीय संयन्त्रमार्फत अग्रगामी संविधान निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । नयाँ संविधानसभा गठन नहुँदै राखिएको त्यसको विघटनको माग राजनीतिक रूपमा स्वीकार्य हुने सम्भावना छैन ।
सचिव गुरुङका अनुसार वार्ताको प्रक्रियाबाट अग्रगामी संविधान निर्माण हुने सम्भावना क्षीण भएकाले अब संघर्षमा जानुको विकल्प छैन । माओवादीले यसअघि नै 'जनयुद्धको जगमा जनविद्रोह' को कार्यदिशा पारित गरिसकेको छ । बैठकमा त्यसको थप व्याख्या र संघर्षको स्वरूप प्रस्ट पार्न कतिपय केन्द्रीय नेताहरूले माग गरेका छन् । 'थप उपलब्धि प्राप्त गर्नेभन्दा पनि अन्तरिम संविधानले सुनिश्चित गरेको संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिताजस्ता उपलब्धि नै जोखिममा पर्ने अवस्था भएकाले आन्दोलनको विकल्प छैन,' गुरुङले भने, 'आन्दोलनको कार्यक्रम त परिस्थितिअनुसार निर्माण हुँदै जान्छ ।'
पार्टीलाई विभाजन हुन नदिनेदेखि भएपछि पनि निरन्तर एकताको प्रयासमा लागेका एमाओवादी नेता कृष्णबहादुर महरा आफूहरू माओवादीलगायत अग्रगामी राज्यको पक्षमा रहेका सबै दलसँग मोर्चाबन्दी गरेर अघि बढ्ने पक्षमा रहेको बताउँछन् । अहिलेको संविधानसभाको समीकरण अग्रगमनका पक्षमा नदेखिएकाले सबै अग्रगामी शक्तिहरूको केन्द्र बनाउनेमा आफूहरूको जोड रहेको उनको भनाइ छ । माओवादी अध्यक्ष वैद्यले पनि पार्टीलाई वामपन्थीहरूको केन्द्र बनाउने प्रस्ताव अघि सारेका छन् ।
'हामी अग्रगामी संविधान निर्माणको प्रक्रियाबाट बाहिर जाँदैनौ । तर अहिलेको संविधानसभा अग्रगमनको साधक नहुनेजस्तो देखिएको छ । सहमतीय प्रणालीमा अघि बढे संविधानसभा बाहिरका शक्तिलाई समेत समेटेर यही प्रक्रियाबाट अग्रगामी संविधान निर्माण गर्ने हाम्रो पहल रहनेछ,' उनले भने, 'तर बहुमतीय प्रक्रियाबाट लादिएको संविधान हामीलाई मान्य छैन । त्यसो गर्न खोजिए र निर्वाचनमा भएको धाँधली सम्बन्धमा छानबिन आयोग गठन गर्नेलगायत माग सम्बोधन नगरिए हामी संविधानसभाबाटै बाहिरिन सक्छौं ।' एमाओवादीभित्र संविधानसभामै रहेर संघर्ष गर्नुपर्छ भन्ने धार पनि उत्तिकै हावी छ । माओवादीलाई बाहिर राखेर भए पनि निर्वाचनमा जानुपर्छ भन्दै संविधानसभा-२ मा होमिएको एमाओवादीलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशका कारण पनि संविधानसभा बहिष्कार गर्न गाह्रो छ । एमाओवादीका केही नेता भने संविधानसभामा रहेर कांग्रेस-एमालेको पुच्छर बन्नुभन्दा बाहिरिएर संघर्षमा जानुपर्छ भन्ने पक्षमा छन् ।
आफूले अघि सारेका पूर्वसर्त पूरा नभए र 'हार्डलाइनर' हावी हुँदै गए केही समयकै लागि भए पनि एमाओवादी संविधानसभा छाडेर संघर्षमा जाने अवस्था बन्न सक्छ । संविधानसभाबाट बाहिरिने अवस्थामा सडक संघर्षकै लागि पनि माओवादीलगायत शक्तिसँगको कार्यगत एकता एमाओवादीका लागि अनिवार्य बन्नेछ । 'पार्टी नै एकताका लागि चाहिँ उहाँहरूले हेटौंडा महाधिवेशनबाट पारित गरेको राजनीतिक कार्यदिशा मै पुनरावलोकन हुनुपर्छ,' सचिव गुरुङले भने । यद्यपि माओवादीले भने संघर्षमै बढी जोड दिएको छ ।
स्पेन लगायतका पश्चिमा देशमा हुने बुल राइडिङ हामी हेर्दै आएका छौं । तर, क्यालिफोनियाँमा भने फरक वुल राइडिङ हुन्छ । बच्चाहरुका लागि हुने यो एडभेन्चर प्रतियोगितालाई बुल राइडिङको मिनिएचर भनिए गलत हुँदैन ।
मटन बस्टिङ समेत भनिने यो प्रतियोगितामा बच्चाहरु भेडामाथि बसेर दौडको मज्जा लिन्छन् । उनीहरुले जम्मा ६ सेकेन्ड मात्र भेडामा बस्नुपर्छ । तर, समय पूरा हुनु अघि नै अधिकांश बच्चा खसिसक्छन् ।
यो प्रतियोगितामा भाग लिने बच्चा ४ देखि ७ वर्षको हुनुपर्छ भने ६० पाउण्डभन्दा बढी तौल भएकाले भाग लिन पाउँदैनन् । बच्चाहरुको सुरक्षाका लागि प्रोटेक्टिव गियर र हेलमेट लगादिइन्छ ।
टमी जी प्रोडक्शनले यो प्रतियोगिता गर्दै आएका छन् । जसका लागि कोलोराडोबाट भेडा ल्याइन्छ भने बच्चालाई सहभागी गराउनुअघि आमाबाबुको अनुमति लिइन्छ ।