हृतिकको दाम्पत्य जीवनमा दूरी
काठमाडौ, मंसिर २० - सात जन्म सँगै जिउने कसम खाँदै अग्निको जति फेरो लगाए पनि सबैको दाम्पत्य जीवन एउटै गतिमा, सहज किसिमले, सधैं हिँड्न सक्दैन । बलिउड अभिनेता हृतिक रोशनको पारिवारिक जीवन पनि यति बेला भीरमा पुगेको छ । हृतिक र उनकी पत्नी सुजाने केही महिनायता अलग्गै बसिरहेका छन् ।
गाइँगुइँ त, उनीहरूको चाँडै सम्बन्ध विच्छेद हुनेसम्म सुनिँदै आएको छ ।
१३ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका उनीहरू आदर्श जोडी मानिँदै आएका थिए । दुई छोराको जन्मले त्यसलाई पुष्टि जस्तो पनि गरेको थियो । तर बिहेको वर्षगाँठ (डिसेम्बर २०) नजिकिँदै गर्दा उनीहरू भने झन् टाढाटाढा भइरहेका छन् ।
हृतिक टाउको दुखाइको उपचार गर्न भारतबाहिर लागिसकेका छन् । पत्नीबेगरै । जबकि यस्तो घडीमा पतिपत्नीको निकटता अपेक्षित हुन्छ ।
उनीहरूको सम्बन्ध धरापमा छ भन्ने कुरो 'क्रिस ३' का सक्सेस पार्टीहरूमा सुजानेको अनुपस्थितिले पनि देखाउँछ । अरू त अरू, ससुरा राकेश रोशनको बर्थ डे पार्टीमा पनि सुजाने झुलुक्क मात्रै देखा परेकी थिइन् । दुवैतर्फका परिवार सम्बन्ध सुधारमा लागि रहे पनि परिणाम सुखद आउला जस्तो छैन ।
0 comments
Write Down Your Responses